प्रकाशमानले भने- देउवाले पार्टी सभापतिबाट राजीनामा दिनुपर्छ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रकाशमानले भने- देउवाले पार्टी सभापतिबाट राजीनामा दिनुपर्छ


२९ मंसिर २०७४, शुक्रबार


काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवाले राजीनामा दिनुपर्ने बताएका छन् ।

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमा बोल्दै पूर्वमहामन्त्री सिंहले प्रदेश तथा प्रतिनिधिसभा चुनावमा पार्टीले व्यहोरेको हारको जिम्मा लिँदै देउवाले राजीनामा दिनुपर्ने बताएका हुन् । सिंहले डेमोक्र्याटिक पार्टीको नेतृत्वमा व्यक्तिले कुसलता पूर्वक नेतृत्व हाक्न नसकेकाले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताए ।

पार्टी सभापति देउवाले राजीनामा नदिए पार्टीको विधान अनुसार अघि बढ्ने उनले बताए । उनले अघि भने, ‘अधिवेशनबाट जितेको भनेर घमण्ड गर्न थाल्यौं भने के हुन्छ अहिले थाहा भइहाल्यो नि ।’

प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फ कांग्रेसको पक्षमा नतिजा नआएको भन्दै उनले अब पार्टीमा सुधार गर्नु पर्ने बताए । ‘मान्छे विरामी भयो भनेर आर्यघाटमा लगेर छाड्ने होइन, उपचार गर्नुपर्छ’ नेता सिंहले भने, ‘त्यसरी नै पार्टीमा कमजोरी छ भनेर त्यसै बसेर हुँदैन, सुधार गर्नुपर्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस