वन्यजन्तुका आखेटोपहार सोमबार नष्ट गरिने « प्रशासन
Logo २९ असार २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

वन्यजन्तुका आखेटोपहार सोमबार नष्ट गरिने


७ जेष्ठ २०७४, आइतबार


चितवन । झन्डै २० वर्षयता सङ्कलित वन्यजन्तुका आखेटोपहार सोमबार चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा नष्ट गरिने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल, विभिन्न मन्त्रालयका मन्त्री, राज्यमन्त्री, सचिव, विभागीय प्रमुख, राष्ट्रिय योजना आयोजका सदस्य, दातृ निकायका प्रतिनिधि, पत्रकार, मध्यवर्तीका प्रतिनिधिलगायतको उपस्थितिमा अखेटोपहार नष्ट गर्न लागिएको हो ।

वि.सं. २०५४ यता देशभरका राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, जिल्ला वन कार्यालयलगायतमा सङ्कलित आखेटोपहारलाई निकुञ्जको कार्यालय कसरा र सशस्त्र वन रक्षक तालिम केन्द्र टिकौलीमा भण्डारण गरिँदै आएको थियो ।

लामो समयसम्म भण्डारण गर्दा व्यवस्थापन र सुरक्षा चुनौती बन्दै गएपछि आखेटोपहारको महत्व छैन भन्ने सन्देश दिन विशेष कार्यक्रम गरेर नष्ट गर्न लागिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले बताए । यसले चोरी सिकारलाई निरुत्साहन गर्नका लागि मद्दत मिल्ने बताइएको छ ।

यसअघि वन मन्त्रालयले नष्ट गर्नका लागि प्रक्रियागत रुपमा काम अघि बढाएको थियो । पटक पटक व्यवस्थापिका–संसद्, वातावरण संरक्षण समितिलगायत सरोकार भएका निकायले यसको अनुगमनसमेत गरेका थिए ।

नष्ट गर्ने आखेटोपहारको नमुना सङ्कलन गरेर राखिएको छ, जसलाई आउँदा वर्षमा अनुसन्धान गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । हाल सङ्कलित आखेटोपहारमध्ये अनुसन्धानका लागि केही नमुना राखिने र अन्य नष्ट गरिने कँडेलले बताए ।

लामो समयदेखि जम्मा भएका दुर्लभ वन्यजन्तु एक सिङ्गे गैँडाको खाग, पाटे बाघको छाला, जङ्गली हात्तीका दाह्रालगायत जीवजन्तुका अङ्ग नष्ट गरिंँदैछ । जीवजन्तु मरेमा या मारिएमा उनीहरुका हाड, छाला झिकेर सुरक्षित राख्ने प्रचलन छ । त्यस्तै तस्करबाट बरामद भएका अङ्ग पनि सङ्कलन हुने गरेका छन् ।

सरकारले टिकौलीमा २०५४ सालमा केही आखेटोपहार जलाएर नष्ट गरेको थियो । त्यसपछि जम्मा भएका अङ्ग सुरक्षित भण्डारण गरिएको छ । दुवै ठाउँमा गैंँडाका ३६९ खाग, पाटे बाघका ६९ थान र चितुवाका ४९३ छाला, जङ्गली हात्तीका १८५ दाह्रा, कस्तुरी मृगका ३६ थान बिनालगायत वस्तु सङ्कलन गरिएको छ । अन्य महत्वपूर्ण वन्यजन्तुको आखेटोपहार पनि भण्डारण गरिएको छ जसमा विभिन्न जनावरका १११ थरिका अङ्ग छन् ।

चितवनमा बाघ, गैँंडा, चितुवा, भालु, मृगलगायत सात प्रकारका जनावर र माछा प्रजातिको आखेटोपहार सङ्कलन हुने गरेको छ । जनावरको आखेटोपहार व्यवस्थापनका लागि सरकारले कार्यविधि नै बनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस