Logo २९ पुस २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

सिंहदरबारबाट निस्कने दिसापिसाब अब सिंहदरबारमै व्यवस्थापन हुने


३ चैत्र २०७३, बिहिबार


काठमाडौँ । प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार क्षेत्रबाट निस्कने झोलजन्य फोहर सिंहदरबारभित्रै व्यवस्थापन हुनेभएको छ ।

खानेपानी तथा सरसफाइ मन्त्रालयले पहिलो पटक खेर जाने झोलजन्य पदार्थ (दिसापिसाब) र हात धुँदा दा प्रयोग भएका पानीको पुनः प्रयोग गर्न ओम्नी प्रोसेसर उपकरण जडान गर्ने अति महत्वकाङ्क्षी प्रस्ताव अगाडि सारेको छ ।

हाल सिंहदरभित्रबाट दैनिक कति खेराजाने झोलजन्य फोहर निस्कन्छन् भन्ने कुनै अध्ययन हुनसकेको छैन । हाल झोलजन्य पदार्थ ढल मार्फत व्यवस्थापन हुँदै आएको छ ।

उनका अनुसार मन्त्रालयको प्रस्तावलाई बिल गेट्स फाउन्डेसनले प्राविधिक सहयोग गर्ने चासो समेत व्यक्त गरेको छ ।

मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले सिंहदरबारलाई शून्य फोहररहित बनाउन र पानीको उचित सदुपयोग गर्न मन्त्रालयले ओम्नी प्रोसेसर उपकरण सिंहदरबारभित्र जडान गर्न प्रस्ताव गरेको जानकारी दिए ।

उनका अनुसार मन्त्रालयको प्रस्तावलाई बिल गेट्स फाउन्डेसनले प्राविधिक सहयोग गर्ने चासो समेत व्यक्त गरेको छ । विल गेट्सले आफ्नो आम्दानीको ठूलो हिंसा फोहरजन्य पदार्थको पुनः प्रयोगमा विश्वभर लगानी गर्ने घोषणा गरेका थिए ।
सचिव उपाध्यायले सो उपकरणको २८ करोड पर्ने र एकपटक जडान गरेपछि लामोसमयसम्म पुनः प्रशोधनमा काम दिने जानकारी दिए ।

सो उपकरणले प्रशोधन गरेको पानी पिउनयोग्य हुने र यस्तो उपकरण विकसित देशले सरकारी तथा औद्योगिक क्षेत्रमा जडान गर्ने गरेका छन् । रासस

Tags :
प्रतिक्रिया दिनुहोस