१४ चैत्र २०८१, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सम्बन्धित निकाय बेलैमा सचेत नभए ठूलो दुर्घटना हुनसक्ने

अ+ अ-

काठमाडौं । भेटेरिनरी अभ्यासकर्ता संघ नेपालको पाँचौ कन्फरेन्स सम्पन्न भएको छ । “स्तरीय भेटेरिनरी अभ्यास र स्वस्थ समाज निर्माणको लागि निरन्तर शिक्षा” भन्ने मुल नारा रहेको सम्मेलनबाट भेटेरिनरी सेवा गुणस्तरीय बनाउनका लागि सम्बन्धित निकाय बेलैमा सचेत नभए ठूलो दुर्घटना उत्पन्न हुनसक्ने निश्कर्ष निकालेको छ ।

नेपालको पशुपालन क्षेत्र पनि अन्तराष्ट्रियस्तरको विश्व व्यापार संगठन र विश्व पशु स्वास्थ्य संगठनको सदस्य भै सकेको परिप्रेक्ष्यमा पशु पन्छीका रोगहरुको उपचार पद्धती स्तरी तथा भरपर्दो हुनुपर्ने बताउँदै भेटेरिनरी अभ्यासकर्ता संघ नेपालका उपाध्यक्ष डा. श्रीराम अधिकारी भन्छन्– पशुपंन्छीका रोगहरुको उपचारले प्रत्यक्ष मानव स्वास्थ्य र वातावरणसंग समेत प्रत्यक्ष सम्बन्ध राख्ने र पशु उपचार पद्धति वैज्ञानिक नुहँुदा पशुवाट मान्छेमा सर्ने रोगले भयावह अवस्था श्रृजना गर्ने भएकोले नेपालको भेटेरिनरी सेवालाई पूर्ण बैज्ञानिक तवरले नअपनाउँदा मानव स्वास्थ्य, पशु स्वास्थ्य र वातावरण समेत अत्यन्तै जोखिममा रहने अवस्था सिर्जना हुनसक्छ ।

यही फागुन २० र २१ गते संचालन भएको सम्मेलनमा नेपालका भेटेरिनरी अभ्यासकर्ता, विध्यार्थी र प्राध्यापक गरी करीब १५० जनाको सहभागिता रहेको थियो । उक्त सम्मेलन नेपालका पशुपालक कृषक, व्यवसायिक उद्यमी, उपभोक्ता तथा आम जनताको वृहत्तर हितका लागि अत्यन्तै महत्वपूर्ण र उपयोगी हुने डा. अधिकारीले बताए ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय वैज्ञानिकहरुको समेत सहभागित रहेको सम्मेलनमा पहिलो दिन वेल्जियमका सर्जन डा. वार्ट भान गोथमले पशुहरुमा हुने शल्यक्रिया, विभिन्न रोग तथा उपचारको लागि गरिने शल्यक्रियाका जटिलता र समाधान सम्बन्धि कार्यपत्र प्रस्तुत गरेका थिए भने दोश्र्रो दिन अन्तराष्ट्रिय ख्यातिप्राप्त नेदरल्याण्डका वैज्ञानिक डा. एन्ड ड्रक्स, इन्डोनेसियाका डा. अमिन सुयोनी, भारतका डा. मञ्जुनाथ तथा नेपालका वैज्ञानिकहरुबाट पोल्ट्रि व्यवसायीहरुका लागि आवश्यक आधुनिक रोग पहिचान, परिक्षण विधी, व्यवस्थापन, दाना, पिड एडिटिभ्स तथा एण्टि माइक्रोवियल रेजिस्टन्स, वेसिक अल्ट्रासाउण्ड टेक्नीक सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस