Logo २९ पुस २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

मेलम्ची खानेपानीको पाँच सय ३३ किलोमिटर पाइप बिछ्याइयो


प्रशासन संवाददाता

७ फाल्गुन २०७३, शनिबार


काठमाडौँ । उपत्यकामा मेलम्चीको पानी वितरणका लागि बिछ्याउनुपर्ने ६७० किलोमिटर वितरण सञ्जालमध्ये ५३३ किलोमिटरको काम सम्पन्न भएको छ ।

उपत्यकामा हाल भइरहेका धाराका साथै नयाँ ८५ हजार धारा वितरण गरेर चक्रपथभित्रका तीन लाख जनसङ्ख्यालाई पहिलो चरणमा पानी पुर्याउने लक्ष्य लिइएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।

निर्देशनालयले आयोजना गरेको कार्यक्रममा मेलम्चीको पानी उपत्यकामा आउनु अघि नै पाइप बिछ्याउने कामसक्न ४० स्थानमा पाइप राख्ने काम भइरहेको जानकारी गराइयो ।

निर्देशनालयका आयोजना निर्देशक तिरेशप्रसाद खत्रीले पाइप बिछ्याउने क्रममा सडक खन्दा निस्कने धुलोलाई व्यवस्थापन गर्न वातावरण संरक्षण ऐन र एसियाली विकास बैंकको सुरक्षा उपाय (सेफ गार्ड) नीति बमोजिम काम भइरहेको जानकारी दिए ।

“दिउँसो काम गर्दा वातावरणीय असर बढी गर्ने र सवारी सञ्चालनमा समेत बाधा पुग्ने भएकाले काममा संलग्न निर्माण व्यवसायीलाई राति काम गर्न लगाइएको छ, राति काम गरी बिहानै सडक पुनःस्थापना गरिन्छ, सडक खन्ने स्थानमा हरियो नेट स्थापना गरी माटो त्यहीँ पर्ने व्यवस्था मिलाइएको छ”–उनले भने ।

निर्माण सकिनासाथ सडक पुनःस्थापना र कालोपत्र गर्ने गरिएको निर्देशनालयले जनाएको छ । पहिलो चरणको पाइप बिछ्याइ जेठ मसान्तसम्म सडक कालोपत्र गरिसक्ने सो अवसरमा जानकारी गराइयो । त्यसलगत्तै दोस्रो चरणको पाइप बिछ्याउने काम पनि सुरु हुनेछ । रासस

प्रतिक्रिया दिनुहोस