Logo ४ माघ २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

वायु प्रदूषणले नसर्ने रोगको जोखिम बढाउँदै


२७ पुस २०७३, बुधबार


काठमाडौ । वायु प्रदूषणका कारण काठमाडौं उपत्यकावासीको स्वास्थ्यमा प्रतिकूल असर परेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रले मंगलवार आयोजना गरेको कार्यक्रममा वायु प्रदूषणका कारण मतिष्कघात, मुटुको रोग, फोक्सोको क्यान्सरलगायतका नसर्ने रोगको जोखिम बढ्दै गएको बताइएको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. खेम कार्कीले वायु प्रदूषणका कारण मुटु एवम् फोक्सोको बिरामीका सङ्ख्या बढिरहेको उल्लेख गर्दै वायु प्रदूषणका कारण उपत्यकामा मुटुरोगी ७२ प्रतिशत, दमका बिरामी १४ प्रतिशत र फोक्सोको क्यान्सर १४ प्रतिशतले बढेको बताए ।

उनले वायु प्रदूषणले दमखोकीका बिरामी अस्पताल भर्ना हुने दरमा १ दशमलव ३ प्रतिशत, निमोनियाबाट भर्ना हुनेमा ३ दशमलव ४ प्रतिशत बढेको छ भने श्वासप्रश्वाससम्बन्धी रोगबाट मृत्यु हुने दर ३ दशमलव ६ प्रतिशतले बढेको अनुसन्धानबाट देखिएको जानकारी दिए।

उपत्यका विकास प्राधिकरणका प्रमुख डा. भाइकाजी तिवारीले वायु प्रदूषण बढ्नुका प्रमुख कारण पुराना गाडी भएकाले यसको न्यूनीकरणका लागि पहिलो चरणमा सरकारी कार्यालयका २० वर्षभन्दा पुराना गाडी हटाउनुपर्ने बताए ।

वातावरणविद् डा. भूषण तुलाधरले वायु प्रदूषणका प्रमुख कारणमा ७५ प्रतिशत घरको भान्छामा प्रयोग हुने दाउरा, गुइँठा रहेको र त्यसले महिला एव्म बालबालिकालाई प्रभावित पारिरहेको चर्चा गर्दै घर बाहिर हुने वायु प्रदूषणमा ३८ प्रतिशत सवारी साधन तथा २५ प्रतिशत धुलोको कण रहेको बताए ।

विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेको सन् २०१६ को तथ्याङ्कअनुसार नेपालमा बर्सेनि नौ हजार ९४३ जनाले वायु प्रदूषणका कारण ज्यान गुमाइरहेका छन् भने विश्वमा प्रत्येक नौ जनामा एक जनाको मृत्यु वायु प्रदूषणका कारण हुने गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस