५ चैत्र २०८१, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अधिकांश गाउँ युवाविहीन

अ+ अ-

डोटी । जिल्लाका अधिकांश गाउँ युवाविहीन छन् ।

खेतीपाती लगाउने काम सकिएपछि रोजगारीका सिलसिलामा धेरै युवा भारत प्रस्थान गरेका छन् । हिउँदमा तीन महिना फाल्तु बस्नुपर्ने र गाउँमा कुनै पनि रोजगारी नभएका कारण यहाँका धेरै युवा भारत जाने गरेका छन् । उनीहरु भारतमा बसेर तीन चार महिना कमाउने र पुनःखेती भित्र्याउनका निम्ति घर फर्कने गरेका छन् । अधिकांश युवा वैशाख महिनामा फर्किन्छन् भने कतिपय दसैँमा फर्कने गरेका छन् ।

डोटीको चवरा चौतारा गाविसका करिब ३५ जना युवा एकै साथ भारत जान भनी दिपायल बसपार्कमा भेटिए । सो गाविसका गौरी गडसिलाले भन्नुभयो, “हामीहरुलाई भारत जान रहर होइन, यहाँ रोजगारी पाइँदैन के गर्ने, घरमा एक्ली श्रीमती र साना दुई छोराछोरी छन्, यतै दिपायलतिर सानो काम पाइए पनि गर्थेँ ” उहाँले थप्नुभयो, “यहाँ काम नै छैन, भए पनि छाक धान्न नसकिने तलबमा काम गर्नुपर्छ ।”

चवरा चौताराकै गगन बोहरा पहिला दीपायलमा बसेर काम गर्नुभएको तर हाल उहाँ भारत जाँदैहुनुहुन्छ । नेपालमा भनेअनुसारको तलब सुविधा नभएको उहाँको भनाइ छ । “महिनौँ काम गरेर घरमा खान ठिक्क हुन्छ, साहुको ऋण तिर्नै प¥यो” गगनले भन्नुभयो, “यो बुढेसकालमा घर नजिकै सानो काम पाइए पनि गर्ने थिएँ ।”

सो गाविसका करिब ७५ प्रतिशत युवा अहिलेसम्म विदेश पलायन भएका छन् । त्यहाँका मात्र नभई जिल्लाभरिमै ६५ प्रतिशतभन्दा बढी युवा रोजगारीका सिलसिलामा बाहिरिएका छन् । जिल्लामा हुने विकास निर्माणका कार्यमा पूर्वाधार खडा गर्न छिमेकी जिल्ला कैलाली तथा भारतबाटै मिस्त्री ल्याउनुपर्ने बाध्यता रहेको छ । एक त यहाँका जनतामा सीप नहुनु र अर्कातर्फ पढाइ छाडेर सानै उमेरमा भारत जाने गर्नाले सो समस्या आएको दिपायलका ठेकेदार रमेश खडायतले बताउनुभयो । उहाँले कुनै पनि संरचना निर्माण कार्यमा डोटीमा महिला मात्रै हुने र पुरुष नपाइने गरेको बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस