२ चैत्र २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लोकसेवामा महिलाको आकर्षण

अ+ अ-

काठमाडौँ, २१ मङ्सिर । लोकसेवा आयोग निजामतीतर्फ पुरुषको तुलनामा महिलाको आवेदन बढी पर्ने गरेको छ ।

आयोगको प्रतिवेदनमा पुरुषको तुलनामा महिलाको सात प्रतिशत बढी आवेदन पर्ने गरेको आयोगका उपसचिव गीता हुमागाईंले जानकारी गराउनुभयो ।

गत आव २०७२/०७३ मा कुल १३ हजार ११२ पदका लागि पाँच लाख ९५ हजार ३१ उम्मेदवारमध्ये ५३.५ प्रतिशत महिलाको आवेदन पर्ने गरेको उहाँले जानकारी गराउनुभयो ।

कुल आवेदनमध्ये तीनलाख १८ हजार ५०३ महिला र दुई लाख ७५ हजार ८७७ पुरुषको पर्ने गरेको छ । पुरुषको भने ४६.५ प्रतिशतले आवेदन दिने गरेका छन् ।

महिलाको पद बढी खुल्ने र खुला तथा आरक्षण दुवैमा दिन पाउने भएकाले सङ्ख्या पुरुषको भन्दा बढी भएको सूचना अधिकारी समेत रहनुभएका हुमागाईंले जानकारी गराउनुभयो ।

“महिला जुनसुकै पदमा पनि आवेदन दिन पाउँछन्” उहाँले भन्नुभयो– “स्टार्फ नर्स, अनमी र सहायक महिला विकास निरीक्षक जस्ता पद महिलाका लागि मात्र छन् ।”

उहाँका अनुसार आयोगमा आव २०७१/७२ देखि महिलाको पुरुषकोभन्दा बढी आवेदन पर्ने गरेको छ । महिलापछि अहिले आयोगमा मधेसी र पिछडिएका क्षेत्रको सहभागिता पनि बर्सेनि वृद्धि हुने गरेको उहाँले जानकारी गराउनुभयो । तर उम्मेदवार छनोटमा भने पुरुषको बढी रहेको छ ।

आवेदन दिएकामध्ये ६२ प्रतिशत पुरुष र ३८ प्रतिशत महिला उम्मेदवार नियुुक्तिका लागि छनोटमा पर्ने गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

आयोगमा आवेदन सबभन्दा बढी मध्यमाञ्चल विकास क्षेत्रबाट २८.८ प्रतिशत र कम सुदूरपश्चिमबाट ९.६ प्रतिशत पर्ने गरेको छ । पूर्वाञ्चलबाट २४ प्रतिशत, पश्चिमाञ्चलबाट २० प्रतिशत र मध्यपश्चिमाञ्चलबाट १६.९ प्रतिशत आवेदन पर्ने गरेको छ ।

यसैगरी, आयोगमा १० जातिकाले बढी आवेदन दिने गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । तीनमा ब्राह्मण, क्षेत्री, मगर, थारु, यादव, नेवार, राई, तामाङ, तेली र दलित जाति रहेका छन् भने नेपाली, मैथिली, थारु, भोजपुरी र नेवारी मातृभाषा बोल्ने बढीले आवेदन दिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस