वार्ताको माध्यमबाट समाधान खोज्न आग्रह « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

वार्ताको माध्यमबाट समाधान खोज्न आग्रह


प्रशासन संवाददाता

४ चैत्र २०७५, सोमबार


काठमाडौं । विभिन्न नागरिक संघसंस्थाद्वारा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लगायत असुन्तष्ट पक्षलाई विश्वासमा ल्याउँदै संवाद र समझदारीमार्फत समस्याको शान्तिपूर्ण समाधान आग्रह गरेका छन् ।

गैरसरकारी संस्था महासंघ नेपाल, सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल, मानवअधिकार एलाइन्स, काहुराष्ट नेपाल र खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ नेपाललगायतका संघसंस्थाले आज विज्ञप्ति जारी गरी विप्लव नेतृत्वको (नेकपा)को पछिल्लो पटकका गतिविधिले जनतामा त्रास फैलाएको भन्दै तत्काल वार्ताको माध्यमबाट समाधान गर्न आग्रह गरेका हुन् ।

‘हालै सरकारले प्रतिबन्ध गर्ने र विद्रोह गर्ने समूहले प्रतिरोध गर्ने खालका निर्णय र घोषणाले नागरिकमा फेरि पनि मुलुक हिंसात्मक द्वन्द्वमा प्रवेश गर्ने हो कि भन्ने आशङ्का बढेका छन् र यसले जनसमुदायमा त्रासको वातावरण सिर्जना गरेको छ, यस्ता प्रकारका त्रासको मनोविज्ञानले दिगो शान्ति कायम रहन सक्दैन र नागरिकको मानवअधिकारको संरक्षण तथा प्रवर्द्धन पनि हुन सक्दैन’, विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस