सरकारी चिकित्सकद्वारा देशभर आकस्मिकबाहेकका सेवा बन्द « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सरकारी चिकित्सकद्वारा देशभर आकस्मिकबाहेकका सेवा बन्द


प्रशासन विशेष ब्युरो

१० फाल्गुन २०७५, शुक्रबार


सरकारी चिकित्सक

काठमाडौँ । समायोजन अध्यादेश विरोधमा उत्रेका सरकारी चिकित्सकहरूले शुक्रवार देशभरका सबै अस्पतालहरूको आकस्मिक बाहेकका सेवा बहिष्कार गरेका छन्।

स्थानीय तह मातहत राख्ने गरी आएको कर्मचारी समायोजन ऐन सच्याउन सरकारलाई दबाब दिँदै आएका सरकारी चिकित्सकहरूले शुक्रवार देशभरका सबै अस्पतालहरूको आकस्मिक बाहेकका सेवा बहिष्कार गरेका हुन्।

बिहान १० बजेतिर वीर अस्पतालको टिकट काउन्टरमै ताला लगायत सेवा बहिष्कार गरेका चिकित्सकहरूले एक हप्ते अल्टिमेटसहित संयुक्त राजीनामा दिने घोषणासम्मका कार्यक्रम तय गरेका छन् ।

वृत्ति विकास लगायतमा असर पर्ने गरी हुन लागेको समायोजनमा सरकारले आवाज नसुनेपछि सेवा नै बहिष्कार गर्नु परेको सरकारी चिकित्सक सङ्घ, नेपाल(गोदान)का अध्यक्ष डा. दीपेन्द्र पाण्डेले बताए ।

अस्पतालको सेवा बहिष्कार गर्दा पनि आफूहरूको माग सम्बोधन गर्न सरकार तयार नभए सामूहिक राजीनामा दिने र त्यसका लागि सबैठाउँबाट पत्र हस्ताक्षर सङ्कलन गर्ने कार्य जारी रहेको उनको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस