प्रधानमन्त्रीको सम्बोधन : प्रजातान्त्रिक आन्दोलनको गौरवमय इतिहासको दिन (पूर्णपाठसहित) « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्रीको सम्बोधन : प्रजातान्त्रिक आन्दोलनको गौरवमय इतिहासको दिन (पूर्णपाठसहित)


७ फाल्गुन २०७५, मंगलबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आजको दिनलाई नेपालको प्रजातान्त्रिक आन्दोलनको गौरवमय इतिहासको सम्झना गर्ने दिन भएको बताएका छन् ।

६९ औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सम्बोधन गर्दै उनले प्रजातन्त्र दिवस प्रजातान्त्रिक हक–अधिारको स्थापनाका लागि विगतमा भएको अथक र अनवरत आन्दोलनमा आफूलाई समाहित गर्ने वीर विरङगनाहरुको स्मरण गर्ने दिन भएको बताए ।

यस्तो छ प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ

सम्माननीय राष्ट्रपतिज्यू,
सम्माननीय उपराष्ट्रपतिज्यू,
सम्माननीय प्रधान न्यायाधीशज्यू,
सम्माननीय सभामुखज्यू,
सम्माननीय राष्ट्रिय सभाका अध्यक्षज्यू,
माननीय मन्त्रीगण, प्रतिनिधिसभा र राष्ट्रिय सभाका माननीय सदस्यहरु
विदेशी कुटनीतिक नियोगका प्रमुखज्यूहरु,
राष्ट्रसेवक कर्मचारीहरु,
विशिष्ट अतिथिहरु र सम्पूर्ण आदरणीय दिदीवहिनी तथा दाजुभाइहरु ।

१.२००७ साल फागुन ७ गते आजकै दिन हामी नेपालीले एकतावद्ध संघर्षबाट निरंकुश जहानियाँ राणा शासनको अन्त्य गरेका थियौं । त्यस गौरवमय दिनको सम्झना र सम्मानमा हामीले हरेक वर्ष प्राजतन्त्र दिवस मनाउँदै आएका छौं । आज हामी ६९ औं प्रजातन्त्र दिवस मनाइरहेकाछौं । प्रजातन्त्र प्राप्तिको लामो र वलिदानपूर्ण संघषमा आपूmलाई वलिदान गर्नुहुने सम्पूर्ण आदरणीय ज्ञात–अज्ञात सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दछु । म देशभित्र र बाहिर रहनु भएका सम्पूर्ण नेपाली दिदीवहिनी तथा दाजुभाइमा हार्दिक प्रजातन्त्र दिवसको शुभकामना व्यक्त गर्दछु ।

आजको दिन प्रजातान्त्रिक हक–अधिकारको स्थापनाका लागि विगतमा भएको अथक र अनवरत् आन्दोलनमा आफूलाई समाहित गर्ने वीर/विरङ्गनाहरुको स्मरण गर्ने दिन हो । आजको दिन नेपालको प्रजातान्त्रिक आन्दोलनको गौरवमय इतिहासको सम्झना गर्ने दिन पनि हो । साथै, आजको दिन विगतमा भए/गरेका की कमजोरीको समीक्षा गर्दै प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्ने र अघि बढ्न सङ्कल्प गर्ने दिन पनि हो ।

२. नयाँ संबिधान जारी भएपछि आयोजना गरिएको आम निर्वाचन पछि बनेको यस सरकारले भरखरै आप्mनो कार्यकालको एक वर्ष पूरा गरेको छ । सो सन्र्दभमा, गएको फागुन २ गते गरिएको सम्बोधनमा मैले सरकार सञ्चालनका अनुभव र भएका प्रगतिको बारेमा मेरा धाराणा सार्वजनिक गरेको थिएँ । सरकार सञ्चालनको यस बर्षलाई आधार बर्षको रुपमा मैले चर्चा गरेको थिएँ । र, त्यो आधारको रुपमा संविधान बमोजिमका संरचना निर्माण, संघीयता कार्यान्वयन, वित्त व्यवस्थापन, कानुन तथा जनशक्ति समायोजनलाई उल्लेख गरेको थिएँ । सरकारले एक वर्षमा पूरागर्नु पर्ने प्राथमिक अभिभाराहरु यिनै थिए ।

३. अहिले द्वन्द्व व्यवस्थापन लगभग भइसकेको छ । द्वन्द्व व्यवस्थापनको सन्दर्भमा नेपालले मौलिक विधि अपनायो । आप्mना समस्या आफैं हल गर्ने अठोटका साथ थालिएको हाम्रो यस कार्यले नेपालको आफ्ना समस्या आफैं हल गर्न सक्ने क्षमता प्रदर्शित भएको छ । अहिले अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपालको प्रतिष्ठा बढेको छ ।

४.मैले यसअघि पनि भनेको छु, अहिले हामी विल्कुलै नयाँ प्रणाली, नयाँ परिपाटी र नयाँ संविधानको अभ्यास गरिरहेका छौं । जनताको सार्वभौमसत्ता कायम भएको पहिलो राजनीतिक परिवर्तनपछि सात दशकमा अनेकौं आरोह–अवरोह पार गर्दै हामी संघीय लोकतान्त्रिक गणतन्त्रको आजको नविन युगमा प्रवेश गरेका छौं । अबको हाम्रो यात्रा सुशासन र विकासतर्फको हो, जुन मार्गमा हामीले तीव्र गतिका साथ अघि बढ्नु छ ।

परिस्थिति बदलिएको छ, हाम्रा कामका प्राथमिकता पनि फेरिएका छन् । हाम्रो जिम्मेवारी पनि बदलिएको छ । निरङ्कुशतन्त्र र अधिनायकवादलाई परास्त गर्ने हामी अहिले गरिबी, वेरोजगारी, पछ्यौटेपन, विभेद र अविकासका विरुद्ध केन्द्रित भएका छौं । आर्थिक विकास र सामाजिक न्याय सहितको परिपूर्ण लोकतन्त्रलाई विस्तार सुदृढ गर्ने दिशामा अग्रसर छौं । सन् २०२२ सम्ममा नेपाललाई अति कम विकसित मुलुकको स्तरबाट स्तरोन्नती गर्ने र सन् २०३० भित्र दिगो विकास लक्ष्यहरु हासिल गर्ने अभियानमा छौं । हामी हरेक क्षण, सम्भावना र सामथ्र्यको सदुपयोग गर्दै अवसरलाई गुम्न नदिन कटिवद्ध छौं ।

५. यतिखेर सरकार “समृद्ध नेपाल, सुखी नेपाली”को ध्येयका साथ आर्थिक एवम् सामाजिक रुपान्तरणका कार्यभार कार्यान्वनमा केन्द्रित छ । स्वदेश र विदेशका लगानीकर्ताहरुको संलग्नतामा आउँदो चैत महिना लगानी शिखर सम्मेलनको आयोजना गरिंदैछ । लोकतन्त्र प्राप्तीको ७ दशक लामो यात्रामा हामीले देशवासीको मात्रै हैन देश बाहिरका मित्रहरुको पनि नैतिक समर्थन प्राप्त गरेका थियौं । यसका लागि म हार्दिक अभार व्यक्त गर्न चाहन्छु । समृद्धि प्राप्तिको यस सहयात्रामा हाम्रा मित्रहरुको समेत सङ्लनता हुने र लगानी शीखर सम्मेलन मार्फत विकास अभियानमा पनि पनि सहकार्य हुने मैले अपेक्षा गरेको छु ।

६.देशको काँचुली फेर्ने अठोटका साथ अघि बढ्दै गर्दा अहिले पनि हाम्रो लोकतन्त्रका सामु केही नकारात्मक प्रवृत्ति पनि प्रतिविम्वित भएका छन् । जारी लोकतन्त्रिक प्रकृयामा अवरोध सिर्जना गर्ने, विकास–निर्माणमा बाधा हाल्ने, वैदेशिक लगानीकर्तालाई निरुत्साहित पार्ने जस्ता गतिविधिहरु निन्दनीय छन् । यस्ता कतिपय गतिविधिहरु आपराधिक समेत छन्, जुन सैह्य हुँदैनन् । राजनीतिक रङमा रङ्गिएका भएपनि नेपाललाई समृद्ध मुलुकका रुपमा स्थापित हुन नदिने कुनै पनि दुष्प्रयास किमार्थ पनि स्वीकार्य हुन सक्दैनन् । यस्ता गतिविधि गर्नेहरु बिरुद्ध सरकार कडाइका साथ प्रस्तुत हुन्छ, तिनिहरु विरुद्ध सख्त कानुनी कारबाही गर्छ । म फेरि एकपल्ट स्पष्ट पार्न चाहन्छु, मुलुकलाई पछाडि फर्काउने कुचेष्टा कसैले पनि गर्नु हुँदैन ।

७. प्रजातन्त्रको लागि भएको लामो संघर्षका क्रममा हामी नेपालीले जन्मसिद्ध श्रेष्ठताको आधारमा स्थापित शासन प्रणालीलाई समाप्त पारी नागरिक अधिकार स्थापित ग¥यौं । आजको यस विशेष अवसरमा म पुनः एक पटक नेपालको प्रजातान्त्रिक आन्दोलनको गौरवगाथाको स्मरण गर्न चाहन्छु । र, दशकौं देखिको हामी नेपालीको विकास र समृद्धिको अटूट सपना यथार्थमा रुपान्तरण भएको देख्न चाहने सबैलाई आ–आफ्नो स्थानबाट योगदान पुर्‍याउन आह्वान गर्दछु ।
लोकतन्त्र अमर रहोस ।
धन्यवाद ।
२०७५ फागुन ७ गते

Tags :
प्रतिक्रिया दिनुहोस