धनगढी उपमहानगरपालि योजना कार्यान्वयनमा देशकै उत्कृष्ठ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

धनगढी उपमहानगरपालि योजना कार्यान्वयनमा देशकै उत्कृष्ठ


प्रशासन संवाददाता

३ फाल्गुन २०७५, शुक्रबार


धनगढी । धनगढी उप–महानगरपालिले नगरविकास कोषबाट संचालित योजनाहरुको सम्पादनमा देशमै पहिलो भएको छ ।

नगरविकास कोषले देशमा रहेका २ सय १७ वटा नगरपालिकाहरु मध्य धनगढी कार्य सम्पादन, कार्यान्वयनका उत्कष्ठ भएको हो । नगरविकास कोषले आफ्नो ३१ औं बार्षिकोत्सव कार्यक्रममा धनगढी उप–महानगरपालिकालाई सम्मान गरिएको हो ।

धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडलाई बार्षिकोत्सव कार्यक्रममा सम्मानपत्र ग्रहण गरेका थिए । शहरी विकास मन्त्री महम्मद इश्तियाक राईले प्रमाणपत्र प्रदान गरेका थिए । शहरी विकास मन्त्री राईले धनगढी उप–महानगरपालिकाबाट सबैले सिक्नुपर्ने बताए । उनले भने,‘ स्थानीयतह बिच राम्रा सिकाईहरु हस्तान्तरण गरिनुपर्ने बताए ।

उक्त सम्मानले आफुहरुलाई थप हौसला प्राप्त भएको नगरप्रमुख वडले बताए । उनले भने,‘ कार्य सम्पादनका उत्कृष्ठ काम गर्न सहयोग गर्ने नगरपालिकाका जनप्रतिनिधी र कर्मचारीहरुलाई धन्यवाद दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस