मन्त्रीले सचिव कुटेको विषयमा ३ सदस्यीय छानबिन समिति गठन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मन्त्रीले सचिव कुटेको विषयमा ३ सदस्यीय छानबिन समिति गठन


प्रशासन विशेष ब्युरो

२९ पुस २०७५, आइतबार


मन्त्रीले सचिव कुटे

काठमाडौँ । मन्त्रीले सचिवमाथि कुटपिट गरेको विषयमा प्रदेश सरकारले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।

आइतबार नै बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला तथा योजना मन्त्री ज्ञानेन्द्र यादवको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेको हो ।

समितिमा आन्तरिक मामिला तथा योजना मन्त्रालयका प्रमुख सचिव र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव रहेका छन् ।

आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले उद्योग वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई आफ्नै कार्यकक्षमा बोलाएर कुटपिट गरेका थिए ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कुटपिटको घटनाबारे मन्त्री यादव र सचिव झासँग छुट्टाछुट्टै छलफल गरेर जानकारी लिएका छन् । मुख्यमन्त्री राउतले समितिले दिएको प्रतिवेदनको आधारमा कारबाही गरिने बताएका छन् ।

र यो पनि,

सचिव कुट्ने मन्त्रीलाई कारबाही गर्न वन मन्त्रालयका कर्मचारीको माग(विज्ञप्तिसहित)

‘प्रशासकीय अवरुद्धता हुने सक्ने’ आधिकारिक ट्रेड युनियनको चेतावनी

मन्त्रीद्वारा कुटिएका सचिव अस्पताल भर्ना

कर्मचारीको सुरक्षा प्रत्याभूति गराउन माग

Tags :
प्रतिक्रिया दिनुहोस