चिकित्सा शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन संसदमा पेश « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

चिकित्सा शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन संसदमा पेश


२९ पुस २०७५, आइतबार


काठमाडौं । चिकित्सा शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन संसदमा पेश भएको छ । आइतबार बसेको संसद बैठकमा सभापति जयपुरी घर्तीले प्रतिवेदन पेश गरेकी हुन् ।

गत भदौ १३ गते बसेको बैठकले चिकित्सा शिक्षा विधेयकमाथि प्राप्त संशोधनसहित दफाबार छलफलका लागि शिक्षा तथा स्वास्थ्य समितिमा पठाएको थियो । असोज ११ गते विधेयकमाथि परेका संशोधन र सरोकारवालासँग छलफल गरी प्रतिवेदन पेश गर्न १० सदस्यीय उपसमिति गठन गरेको थियो । उपसमितिले १५ वटा बैठक गरी शिक्षा तथा विज्ञान प्रविधिमन्त्री, संशोधन पेश गर्ने सांसद र विज्ञसँगसमेत छलफल गरी पुस २३ गते समितिलाई प्रतिवेदन बुझाएको थियो ।

उक्त प्रतिवेदनलाई पुस २५ गते शिक्षा तथा स्वास्थ्य समितिको बैठकले पुस २५ गते बहुमतले पारित गरेको थियो । समितिबाट पारित भएको विधेयक सरकारले आफूसँग गरेको सहमतिविपरीत भएको भन्दै पुस २५ देखि नै डा. गोविन्द केसी अनशनमा छन् ।

प्रतिक्रिया दिनुहोस