समितिलाई विभाग बनाइने : मन्त्री अधिकारी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

समितिलाई विभाग बनाइने : मन्त्री अधिकारी


प्रशासन संवाददाता

२३ मंसिर २०७५, आइतबार


ललितपुर । संस्कृति, पर्यटन तथा नागरिक उडयनमन्त्री रवीन्द्र अधिकारीले वौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिलाई विभाग बनाउन लागिपरेको बताएका छन् ।

बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिले आज जावलाखेलमा आयोजना गरेको ‘राष्ट्रिय बौद्ध सम्मेलन–२०७५’ को उद्घाटन कार्यक्रममा उनले सो कुरा बताएका हन् । उनले भूकम्पले क्षतिग्रस्त गुम्बाको पुनःनिर्माण भइरहेको बताए । बौद्ध धर्मालम्बीले साधना मात्र गरेर नहुनेमा उनको जोड छ । उनले भने, ‘साधना मात्र होइन कामसँगै साधना गर्नुपर्छ ।’

समितिका अध्यक्ष खेन्पो कर्मा छिरिङ टाँसी लामाले बौद्ध धर्मको प्रचारप्रसार गर्नुपर्ने आवश्यता औँंलाए । समितिका कार्यकारी निर्देशक नरेन्द्रकुमार गुरुङले गुम्बाको पुनःनिर्माणमा ढिलाइ गर्न नहुनेमा जोड दिए ।

समितिका सदस्य सचिव इन्द्रबहादुर गुरुङले बौद्ध धर्मलाई सरकारले प्राथमिकता नदिएको गुनासो गरे । समितिका सदस्य दिपेन्द्र लामाले पञ्चशील नियमको पालनामा जोड दिए। कार्यक्रममा समितिका पदाधिकारी, कर्मचारी, बौद्ध धर्म गुरु, धर्मालम्बी, नेपाल भिक्षु महासंघ, नेपाल बौद्ध महासंघका पदाधिकारीलगायतको उपस्थिति छ ।

Tags :
प्रतिक्रिया दिनुहोस