गोली लागेर प्रहरी जवान घाइते « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गोली लागेर प्रहरी जवान घाइते


१८ मंसिर २०७५, मंगलबार


मोरङ । फायरिङ गर्न सिकाउने क्रममा गोली लागेर एक प्रहरी जवान घाइते भएका छन् ।

पूर्वक्षेत्रीय प्रहरी तालिम केन्द्र विराटनगरमा तालिमका क्रममा गोली लागेर प्रहरी जवान राजेन्द्र यादव घाइते भएका हुन् ।

मंगलबार दिउँसो सिरहा घर भई क्षेत्रीय तालिम केन्द्रमा कार्यरत २७ वर्षीय यादवको देव्रे हातको हत्केलामा गोली लागेको हो ।

दिउँसो २ बजे घटना भएको प्रहरी तालिम केन्द्रले जनाएको छ ।

नयाँँ प्रशिक्षार्थीहरुलाई गोली हान्न सिकाउने क्रममा पेस्तोलमै गोली अड्किएपछि पेस्तोलबाट गोली बाहिर निकाल्न खोज्दा पड्किएर देब्रे हातको तत्केलामा लागेको हो ।

घाइते यादवलाई उपचारका लागि मंगलबार विराटनगरको गोल्डेन अस्पतालमा भर्ना गरिएको र थप उपचारका लागि काठमाडौं पठाइएको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस