चलचित्र ‘गरुड पुराण’को फस्ट लुकसँगै प्रदर्शन मिति तय « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

चलचित्र ‘गरुड पुराण’को फस्ट लुकसँगै प्रदर्शन मिति तय


प्रशासन संवाददाता

३ मंसिर २०७५, सोमबार


काठमाडौं  । चलचित्र ‘गरुड पुराणको’ फस्टलुक पोस्टर सार्वजनिक भएको छ।

चलचित्रको प्रदर्शन मिति तय भएसँगै चलचित्रको फस्टलुक पोस्टर सार्वजनिक गरिएको हो। पोस्टरमा चलचित्रको सार्वजनिक मिति माघ ४ गते तोकिएको छ । सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकार नाजिर हुसेन ब्यान्ड मास्टर बनेका छन् भने कर्मा शाक्य, प्रवीण खतिवडा, कामेश्वर चौरसिया, प्रियंका सिंह ठकुरी पनि पोस्टरमा अटाएका छन्।

सुवास कोइरालाको निर्देशनमा बनेको यस चलचित्रमा लुमिना तुलाधर, बसन्ध भट्ट, प्रकाश घिमिरे, कमल देवकोटा, सरोज श्रेष्ठ पनि मुख्य भूमिका रहेको छ। पारिवारिक प्रेमकथा र हास्यप्रधान यस चलचित्रलाई अजित प्रजापति र अशोक गौतमले निर्माण गरेका छन् भने आकाश बराल, विनोद खतिवडा र सुवास आफैँले लेखेको यस चलचित्रमा कशम नेपालको कथा समावेश रहेको छ।

कोसिस क्षेत्रको संगीत रहेको यस चलचित्रमा रेनेशा बान्तवा राईको कोरियोग्राफी रहेको छ भने सुसन प्रजापतिले खिचेको चलचित्रलाई उज्ज्वल ढकालले सम्पादन गरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस