गजल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गजल


१ मंसिर २०७५, शनिबार


हिजोजस्तै आज पनि, मेरो सुदूर रोएको छ ।
त्यही पीडाले मेरो पनि, चस्स मुटु छोएको छ ।।

रसिला ति आँखाहरू, किन भनी प्रश्न गर्छन्,
त्यो बाबुले आज फेरि, एक छोरी खोएको छ ।

तिनै हात फैलाएर, माग्नुसम्म न्याय माग्दा,
उसकै भोटको सर–कार, खै क्यारी सोएको छ ।

बहिनी, कसले हिसाब किताब राखोस् कठै !
त्यो दाजुले कतिपल्ट परेली ति धोएको छ ।

प्रतिक्रिया दिनुहोस