दिपायलमा एम्बुलेन्सको ठक्करबाट आठ वर्षीय बालकको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

दिपायलमा एम्बुलेन्सको ठक्करबाट आठ वर्षीय बालकको मृत्यु


प्रशासन संवाददाता

२८ कार्तिक २०७५, बुधबार


डोटी । दिपायल सिलगढी नगरपालिका–४ पिपल्लामा एम्बुलेन्सले ठक्कर दिँदा मङ्गलबार एक बालकको मृत्यु भएको छ ।

पिपल्लास्थित शैलेश्वरी अस्पतालको से १ च १९७८ नं को एम्बुलेन्सले ठक्कर दिँदा सोही अस्पतालका निर्देशक आइजङ्ग कुँवरका आठ वर्षीय छोरा इशानको मृत्यु भएको हो ।

अस्पताल अगाडी ब्याक गर्ने समयमा ठोक्किँदा एम्बुलेन्सको ठक्करबाट घाइते बालकको डोटीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको शैलेश्वरी अस्पतालले जानकारी दिएको छ ।

एम्बुलेन्स र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका डोटीका प्रवत्ता लाल बहादुर धामीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस