नेता बाँस्तोलाको अन्त्येष्टि आजै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेता बाँस्तोलाको अन्त्येष्टि आजै


प्रशासन विशेष ब्युरो

२८ आश्विन २०७५, आइतबार


चक्रप्रसाद बास्तोला

काठमाडौं । शनिबार राति निधन भएका नेपाली कांग्रेसका नेता चक्रप्रसाद बाँस्तोलाको आइतबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार बाँस्तोलाको पार्थिव शरीरलाई अन्तिम श्रद्धान्जलीका लागि आइतबार पार्टी कार्यालय सानेपामा दिउँसो १ः३० बजेदेखि अपराहन ४ बजेसम्म राखिने र सो पश्चात आर्यघाटमा अन्तिम संस्कार गरिने छ ।

नेता बाँस्तोलाको निधनमा शोक र श्रद्धान्जली व्यक्त गर्न कांग्रेस केन्द्रीय समितिको आकास्मिक बैठक दिउँसो २ बजे बस्ने जानकारी दिएका छन् । त्यस्तै, कांग्रेसले ७७ जिल्लामा नै गर्ने भनिएका पूर्वनिर्धारित कार्यक्रमहरु स्थगित गरेको छ।

प्रतिक्रिया दिनुहोस