शेयर बजार दोहोरो अङ्कले वृद्धि « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

शेयर बजार दोहोरो अङ्कले वृद्धि


३१ भाद्र २०७५, आइतबार


काठमाडौं । साताको पहिलो दिन आज शेयर बजार दोहोरो अङ्कले वृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेञ्जकाअनुसार नेप्से परिसूचक ११.६९ अङ्कले वृद्धि भएर एक हजार २५६.५३ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक २.६६ विन्दुले बढेर २६६.९३ विन्दुमा पुगेको छ । आज कूल १६६ कम्पनीको ३० लाख १६ हजार ४३९ कित्ता शेयर ८९ करोड ७८ लाख ९६ हजार ५०८ मूल्यमा खरिद बिक्री भएको छ ।

आज सबै उपसमूहको शेयरमा वृद्धि भएको छ । बैंकिङ १३.७१, होटल ४.३५, विकास बैंक २०.८९, जलविद्युत् ६.५४, फाइनान्स ३.११, निर्जीवन बीमा २०.१८, उत्पादन २६.५१, अन्य ०.५४, माइक्रोफाइनान्स ८.३१ र जीवन बीमा ४८.५ विन्दुले वृद्धि भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस