साँसदहरुलाई प्रधानमन्त्रीले भने– ‘विकाशका नायक हुनुहोस’ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

साँसदहरुलाई प्रधानमन्त्रीले भने– ‘विकाशका नायक हुनुहोस’


प्रशासन विशेष ब्युरो

१८ असार २०७५, सोमबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साँसदहरुले आफूलाई विकाशका नायकका रुपमा प्रष्तुत गर्नुपर्ने बताएका छन् ।

नेपाल कम्यूनिष्ट पार्टीका प्रदेश नं १ बाट प्रतिनिधित्व गर्ने साँसदहरुसँग सिंहदरबारमा अन्तरक्रिया गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले गाउँगाउँमा सरकारको नीति तथा कार्यक्रमका बारेमा जनतालाई बुझाउने,सरकारका कामकारबाही बारे जनतामा सन्देश प्रवाह गर्ने काम साँसदहरुले गर्नुपर्ने प्रधानमन्त्री ओलीले बताउनुभयो । बजेट विनियोजनमा केही कमिकमजोरी भए त्यसलाई आगामी बर्षको बजेट सच्याउनु पर्ने प्रधानमन्त्री ओलीले बताए ।

साविकका सरकार भन्दा यो सरकार फरक रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । “अहिले जस्तो जनताप्रति जिम्मेवारी भएको सरकार विगतमा थिएनन्” प्रधानमन्त्री ओलीले भने “किनकि यो सरकार बहुमतको हो । यसको जनताप्रतिको उतरदायित्व पनि त्यती कै धेरै छ ।”

नेपाल नयाँ ठाउँमा भएकोले यस्तो अवस्थामा केही चुुनौति भए पनि देशलाई अघि बढाउने सम्भावना अधिक भएको प्रधानमन्त्री ओलीको भनाइ छ । “विगतमा व्यवस्था परिवर्तन,संगन निर्माण र प्रचारका काम धेरै गरियो । अब त्यतीले पुग्दैन । जनताले देखिने गरी परिणाम दिनुपर्दछ ।” प्रधानमन्त्री ओलीले भने “हिजो भ्रष्टाचार रोक्नु पर्छ भन्दा हुन्थ्यो तर आज भ्रष्टाचार साँच्चिकै रोक्ने जिम्मेवारी हामीमा छ ।”

आगामी असोज ३ गते भित्र संविधान कार्यन्वयनका लागि आवश्क कानुनहरुको निर्माण,प्रशासनिक पुनसंरचना र कर्मचारी समायोजनका काम पनि सक्नु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले नयाँ परिस्थितीसँग मिल्नका लागि सबै साँसदहरुलाई आधुनिक प्रविधिसँग परिचित हुन र सुचनामा अद्यावधिक हुन आग्रह गर्नुभएको छ । प्रधानमन्त्री ओलीले सरकारका काम कारबाहीका बारेमा प्रतिपक्षले लगाएका आरोपको कडा प्रतिवाद गर्न साँसदहरुलाई निर्देशन दिनुभएको छ ।

जनताले कम्यूनिष्ट पार्टीलाई दिएको अभिभारा सरकारले मात्र पुरा गर्न नसक्ने प्रधानमन्त्री ओलीले बताए । “जनताको यो अभिभारा सरकारको एक्लो प्रयासले मात्र सफल हुदैन यसमा साँसदहरुको महत्वपूर्ण भूमिका हुन्छ” प्रधानमन्त्री ओलीले भने ।

मन्त्रीहरुका कार्यशैलीका बिषयमा साँसदहरुले उठाएको प्रश्नमा प्रधानमन्त्रीले आफू गम्भिर रहेको बताएका छन् । “मन्त्री कुनै क्षेत्रको मात्र होइन देशको हो । मन्त्रीको जिम्मेवारी देशैभरीका विकास निर्माण हेर्ने हो ।” प्रधानमन्त्री ओलीले भने “कसैले क्षेत्र जित्ने देश हराउने गरी काम गरेको रहेछ भने त्यस बिषयमा म गम्भिर छु ।”

सरकारलाई असफल हुने छुट नभएको भन्दै प्रधानमन्त्री ओलीले जनतामा आशावादीताको सन्देश प्रवाह गरेर विकास र समृद्धिको यात्रामा अघि बढाइने प्रधानमन्त्री ओलीको भनाइ छ । अन्तरक्रियामा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ,प्रमुख सचेतक देवप्रसाद गुरुङ,राष्ट्रिय सभाका प्रमुख सचेतक दिनानाथ शर्मा लगायतको उपस्थिती थियो ।

प्रधानमन्त्री ओलीले सातै क्षेत्रका साँसदहरुसँग पालैपालो हरेक हप्ता अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । हरेक शुक्रबार हुने भनिएको अन्तरक्रिया गत शुक्रबार संघीय संसदको बैठक लम्बिएकोले हुन सकेको थिएन । आगामी शुक्रबार प्रदेश नं २ का साँसदहरुसँग प्र्रधानमन्त्रीको अन्तरक्रिया हुनेछ ।

प्रतिक्रिया दिनुहोस