राष्ट्रिय सभा अध्यक्षको पदावधि ६ वर्ष « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

राष्ट्रिय सभा अध्यक्षको पदावधि ६ वर्ष


४ असार २०७५, सोमबार


काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाको पदावधि ६ वर्ष हुने भएको छ भने उपाध्यक्ष शशिकला दाहाललाई चार वर्षको चिठ्ठा परेको छ । संसद् भवन, नयाँ बानेश्वरमा गरिएको गोलाप्रथाबाट उनीहरूको पदावधि तय गरिएको हो ।

अर्थमन्त्रीसमेत रहेका राष्ट्रिय सभा सदस्यको पदावधि दुई वर्ष मात्र रहने भएको छ । गृहमन्त्री रामबहादुर थापालाई भने ६ वर्षको चिठ्ठा परेको छ ।

यस्तै, राष्ट्रिय सभा सदस्य तथा गायिका कोमल वलीको पदावधि चार वर्ष रहनेछ ।

संविधान अनुसार राष्ट्रिय सभाका एक तिहाइ सदस्यको संख्या दुई वर्ष, अर्काे एक तिहाइको चार वर्ष र बाँकीको ६ वर्ष पदावधि हुनेछ । उनीहरूको पदावधी गोलाप्रथाबाट टुंगो लगाउने व्यवस्था संविधानमै उल्लेख छ ।

प्रदेशगत रूपमा विजयी भएका ५६ र राष्ट्रपतिबाट मनोनित ३ जना सदस्यको पदावधिका लागि गोलाप्रथा भएको हो ।

राष्ट्रियसभाको नियमावली मस्यौदा समितिले प्रत्येक प्रदेशका लागि छुट्टाछुट्टै गोलाप्रथा गर्ने सहमति जुटाएको हो ।

प्रतिक्रिया दिनुहोस