काठमाडौं । सरकारले कर्मचारीहरुको बीमा रकम दोब्बर बनाएको छ । यसअघि एक लाख रुपैयाँ बराबरको बीमा रहेकोमा यस पटक थप एक लाख थपेर बीमांक रकम २ लाख रुपैयाँ पुर्याइएको छ ।
उक्त बीमांकको ५० प्रतिशत सरकारले र बाँकी ५० प्रतिशत सम्बन्धित कर्मचारीहरुले व्यहोर्नुपर्ने छ ।