नेपाली चलचित्र ‘काले दाइको’ पहिलो गीत ‘राईफलको सिरानी’ रिलिज « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेपाली चलचित्र ‘काले दाइको’ पहिलो गीत ‘राईफलको सिरानी’ रिलिज


१६ बैशाख २०७५, आइतबार


raifalko-sirani,kale dai

काठमाडौं । नेपाली कथानक चलचित्र ‘काले दाइ’को ‘राइफलको सिरानी’ बोलको पहिलो गीत सार्वजनिक गरिएको छ । राईफलको सिरानीमा सुमन बैरागीको शब्द, दीपक शर्माको संगीत र धुर्व विश्व/ शमिहा श्रेष्ठको स्वर रहेको छ ।

गत वर्ष रिलिज भएको ‘पर्व’ सिनेमामा समावेश हिट गीत ‘काले दाई’ चलचित्रलाई शिव शर्माले निर्देशन गरेका हुन् । चलचित्रमा इन्द्र राम्जाली, शिशिर भण्डारी, अनु पराजुली, रामचन्द्र अधिकारी, सुरेन्द्र केसी, गीता अधिकारी, विष्णु सापकोटा, सारिका घिमिरे, उत्तम केसी, गोविन्द श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ ।

शमशेर गुरुङ र इन्द्र राम्जालीले निर्माण गरेको ‘काले दाई’मा पवन गौतम र रामेश्वर कार्कीको छायाँकन, तारा थापा किम्भेको सम्पादन रहेको छ । चलचित्रको प्रदर्शन मिति तय भैसकेको छैन ।

प्रतिक्रिया दिनुहोस