गजल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गजल


प्रशासन विशेष ब्युरो

१४ बैशाख २०७५, शुक्रबार


Gajal

के छ र म सँग तस्बिर वाहेक दिनलाई !!
उपहारमा दुःख र पीर वाहेक दिनलाई !!

मन त उहिल्यै कसैले लुटिसकेको छु
के सक्छु र म यो शरीर वाहेक दिनलाई !!

हासो, मुस्कान र खुसी केही छैन मसँग !
तिमिलाई पाखा र भिर वाहेक दिनलाई !!

दुखै दुःखको सागर रहेछ जिन्दगी पनि !
छैन यहाँ आँसुको नजिर वाहेक दिनलाई !!

तिमी खुसी रहनु उसको अंगालोमा सानू !
अन्तिम सौगात तक्दिर वाहेक दिनलाई !!

प्रतिक्रिया दिनुहोस