लोकतन्त्र रक्षाका लागि कांग्रेसको जित अपरिहार्य : कोइराला « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

लोकतन्त्र रक्षाका लागि कांग्रेसको जित अपरिहार्य : कोइराला


१२ मंसिर २०७४, मंगलबार


मोरङ । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले विराटनगरलाई प्रादेशिक राजधानी बनाउन र त्यसको सर्वाङ्गिण विकास गर्न नेपाली कांग्रेसको पक्षमा मतदान गर्न आग्रह गरेका छन् ।

मोरङ क्षेत्र नं ६ का प्रतिनिधिसभाका उम्मेदवार डा. कोइरालाले सोमबार साँझ मोरङको बूढीगंगा गाउँपालिकामा ट्रेड युनियन मोरङले आयोजना गरेको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै एकीकृत सामाजिक सुरक्षा कार्यक्रम लागू गर्ने, क्षेत्र नं ६ मा खानेपानीको आपूर्ति सुलभ गर्ने र ढल निकास खोल्नेलगायतका आफ्ना कार्यक्रम रहेको जानकारी गराए ।

उनले भने, ‘समग्र विराटनगरको विकास गर्न कांग्रेसलाई जिताउन आवश्यक छ । पहिचान, पहुँच र प्रतिनिधित्वका लागि कांग्रेसको पक्षमा मतदान गर्न म अनुरोध गर्छु ।’

डा. कोइरालाले कांग्रेसले मात्र हिमाल, पहाड, तराई र मधेशका समस्यालाई समाधान गर्ने दाबी गर्दै लोकतन्त्रको रक्षाका लागि कांग्रेसको जित अपरिहार्य भएको बताए । उनले बूढीगंगालाई नमूना नगरपालिका र विराटनगरलाई प्रादेशिक राजधानी बनाउने प्रतिबद्धता पनि व्यक्त गरे । रासस

Tags :
प्रतिक्रिया दिनुहोस