काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका निलम्बित सचिव टेकनारायण पाण्डेलाई धरौटीमा छाड्न सर्वोच्चले अस्वीकार गरेको छ।
उच्च अदालत पाटनले पाण्डेलाई जिल्ला अदालत काठमाडौँको आदेश सदर गर्दै पुर्पक्षका लागि थुनामा पठाएको थियो। उक्त आदेशविरुद्ध पाण्डेले सर्वोच्चमा निवेदन दिए पनि धरौटी वा साधारण तारिखमा छाड्न अस्वीकार गरेको हो।
न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुङ्गानाको इजलासले पाण्डेलाई थुनामै राखेर मुद्दाको सुनुवाइ प्रक्रिया अघि बढाउन भनेको हो।