ठमेल र दरबारमार्ग क्षेत्र २४ सै घण्टा खुलाउन आवश्यक तयारी पूरा  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

ठमेल र दरबारमार्ग क्षेत्र २४ सै घण्टा खुलाउन आवश्यक तयारी पूरा 


३० चैत्र २०८०, शुक्रबार


काठमाडौँ । ठमेल र दरबारमार्ग क्षेत्रलाई पूर्णकालीन खुल्ला गर्न आवश्यक सुरक्षा लगायतका व्यवस्था पुरा भएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले वैशाख १ गतेदेखि काठमाडौँको ठमेल र दरबारमार्ग क्षेत्रमा २४ सैं घण्टा व्यवसाय सञ्चालनका लागि आवश्यक सुरक्षा लगायतका व्यवस्था पुरा भएको जानकारी दिएका छन् । 

व्यवसायी, उपभोक्ता तथा श्रमिकहरूले पालना गर्नुपर्ने आचारसंहिता तथा मापदण्डसमेत स्वीकृत समेत भइसकेको जनाएका प्रजिअ बस्नेतले त्रुटिरहित र भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको बताए । 

स्थानीयहरूको धेरै बसोबास रहेका रहेका क्षेत्रमा तत्काल पूर्णकालीन व्यवसाय गर्न नपाइनेसमेत जानकारी दिँदै बाँकी क्षेत्रमा भने वैशाख १(भोली) देखि लागू हुने जनाइको छ ।

सम्बन्धित समाचार : वैशाख १ गतेदेखि ठमेल २४ सैँ घण्टा खुल्ने

सम्बन्धित समाचार : कानूनको परिधिभित्र रहेर दरबार मार्ग र ठमेल २४ सै घण्टा खुलाउने व्यवसायीको घोषणा

सम्बन्धित समाचार : ठमेल र दरबार मार्गलाई चौबिसै घण्टा खुला गर्न विशेष सुरक्षा योजना तयार

सम्बन्धित समाचार : ठमेल र दरबारमार्ग २४सै घण्टा खुल्ला : आमाको निन्द्रा जोगाउने र छोराको सपना पुरा गर्ने योजनामा सबैको त्याग जरुरी

Tags :
प्रतिक्रिया दिनुहोस