कानूनको परिधिभित्र रहेर दरबार मार्ग र ठमेल २४ सै घण्टा खुलाउने व्यवसायीको घोषणा « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

कानूनको परिधिभित्र रहेर दरबार मार्ग र ठमेल २४ सै घण्टा खुलाउने व्यवसायीको घोषणा


२९ चैत्र २०८०, बिहिबार


काठमाडौँ । नयाँ वर्ष २०८१ देखि दरबार मार्ग र ठमेल क्षेत्रलाई २४ सै घण्टा खुल्ला गराउने व्यवसायीहरूले घोषणा गरेका छन् ।

बिहीबार ठमेल पर्यटन विकास परिषद् र दरबार मार्ग विकास बोर्डले पत्रकार सम्मेलन गर्दै ठमेल र दरबारमार्ग क्षेत्र २४ सै घण्टा सञ्चालन हुने घोषणा गरेका हुन् ।

गृह मन्त्रीको सक्रियतामा जिल्ला प्रशासन कार्यालय काठमाडौँले बनाएको आचारसंहिता बमोजिम कानूनको परिधिभित्र रही दरबारमार्ग र ठमेल २४ सै घण्टा व्यवसाय सञ्चालन गराउन चालेको कदमलाई सकारात्मक रूपमा लिएको परिषद् र बोर्डको भनाइ छ ।

यद्यपि ठमेल भगवान् बहाल क्षेत्र भित्रका व्यवसायीले २४ घण्टा व्यवसाय सञ्चालन गराउन नपाउने ठमेल पर्यटन बोर्डले जनाएको छ । ठमेलको भगवान् बहालमा स्थानीयको बसोबास भएकाले १० बजेदेखि ६ बजेसम्म व्यवसाय सञ्चालन गर्न नसकिने ठमेल पर्यटन बोर्डका अध्यक्ष भविश्वर शर्माले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस