जनमत पार्टीका मन्त्रीले बुझाए राजीनामा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

जनमत पार्टीका मन्त्रीले बुझाए राजीनामा


९ माघ २०८०, मंगलबार


काठमाडौँ । मधेस प्रदेश सरकारमा सहभागी भएका जनमत पार्टीका मन्त्रीद्वयले मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका छन्।

मुख्यमन्त्रीको निवासमा पुगेर मंगलबार साँझ शिक्षा तथा संस्कृति मन्त्री एवं जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादव र श्रम तथा यातायात मन्त्री चन्दन सिंहले मुख्यमन्त्री यादव समक्ष राजीनामा बुझाएका हुन्।

मंगलबार जनमत पार्टीले मधेसमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। फिर्ता लिएसँगै सरकारमा सहभागी दुई मन्त्रीले राजीनामा बुझाएका हुन्। 

सम्बन्धित समाचार : मधेश सरकारबाट बाहिरियो जनमत, राजीनामा बुझाउने मन्त्रीको तयारी

सम्बन्धित समाचार : जनताका काम गर्न नदिएपछि सरकारमा बस्न सकेनौँ : जनमत

सोमबार सप्तरीको राजविराजमा कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा सहभागी भएका शिक्षा मन्त्री यादव लगायत नेताहरूमाथि प्रहरीले लाठी चार्ज गरेको थियो। 

सम्बन्धित समाचार : मधेश कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा प्रहरीद्वारा लाठीचार्ज, शिक्षामन्त्री घाइते

सरकारको निर्देशनमा जनमत पार्टीका नेताहरूमाथि लाठी प्रहार गरी घाइते बनाएको र क्रूर तानाशाही कदम चालेको भन्दै राजीनामा बुझाएको जनमतका संसदीय दलका नेता यादवले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस