अर्थ सचिवमा पुनः डा. पुष्कर « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

अर्थ सचिवमा पुनः डा. पुष्कर


३१ भाद्र २०८०, आइतबार


काठमाडौँ । सरकारले अर्थ सचिवमा डा. कृष्णहरि पुष्करलाई पठाएको छ । शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेका सचिव पुष्करलाई अर्थ मन्त्रालयको सचिवमा सरुवा गर्ने निर्णय गरेको प्रशासन खास स्रोतले प्रशासन सिंहदरवार विशेष ब्युरोलाई जानकारी दिए । उनी दोस्रो पटक अर्थ सचिव हुँदैछन् । 

यसअघि तत्कालीन अर्थ सचिव मधु मरासिनीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गर्दा राजश्व सचिव रहेका पुष्करलाई अर्थ सचिवको जिम्मेवारी दिइएको थियो । 

सम्बन्धित समाचार : अर्थ सचिवमा कृष्णहरि पुष्कर, राजस्वमा दंगाल

पुसको तेस्रो साता उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव तोयम रायालाई अर्थ सचिवमा सरुवा गरेसँगै पुष्कर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आएका थिए । 

सम्बन्धित समाचार : अर्थ सचिवमा तोयम राया, राजस्वमा रामप्रसाद घिमिरे

सम्बन्धित समाचार : यी हुन् आज सरुवा भएका ७ सचिव 

माघ तेस्रो साता प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सरुवा भएका सचिव पुष्कर भाद्र पहिलो सातातिर पुनः प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएका थिए ।

सम्बन्धित समाचार : दुई सचिवको सरुवा, सामान्य प्रशासनमा विनोद प्रकाश सिंह

सम्बन्धित समाचार : आधा दर्जन बढी सचिवको सरुवा, अर्थमा अर्जुन पोखरेल 

र, शुक्रवार सरकारले अर्थ सचिव अर्जुन पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानेर सचिव पुष्करलाई अर्थ सचिवको जिम्मेवारी दिने निर्णय गरेको प्रशासन खास स्रोतले सिंहदरवार विशेष व्यूरोलाई जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस