ललिता निवासमा बनेका संरचना हटाउन ७ दिने अल्टिमेटम « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

ललिता निवासमा बनेका संरचना हटाउन ७ दिने अल्टिमेटम


१७ असार २०८०, आइतबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बालुवाटारस्थित ललिता निवासको जग्गामा बनेका संरचना हटाउन सात दिने अल्टिमेटम दिएको छ ।

त्यस क्षेत्रमा घेराबारा गर्न पुगेको महानगर नगर प्रहरीका प्रमुख राजु पाण्डे त्यहाँ निर्मित संरचना हटाउन निर्देशन दिएका हुन् ।

राजु पाण्डे नेतृत्वको डेढ सयभन्दा बढीको महानगर प्रहरीको टोली बालुवाटार पुगेका थिए । ललिता निवास अन्तर्गतको खाली रहेको सार्वजनिक जग्गा संरक्षणका लागि महानगरले काम सुरु गरेको थियो ।

सार्वजनिक जग्गा संरक्षणको जिम्मेवारी स्थानीय सरकारको भएकाले महानगरको निर्देशन अनुसार जग्गा भित्र रहेका संरचना हटाउन निर्देशन दिएको र अटेर गरे महानगर प्रहरीले हटाउने काठमाडौँ महानगर प्रहरीले जनाएको छ ।

ललिता निवासको जग्गा रोक्का भइसकेको अवस्था र सम्बन्धित निकायले अनुसन्धान अन्तिम अवस्थामा पुराइसकेकाले थप कुनै संरचना निर्माण हुन नदिन निगरानी गरेको महानगरले जनाएको छ ।

सम्बन्धित समाचार : ललिता निवासको जग्गा घेराबारा गर्न नगर प्रहरीको जम्बो टोली बालुवाटारमा

सम्बन्धित समाचार : ललिता निवासको जग्गा घेराबारा गर्न बालुवाटार जाँदै नगर प्रहरीको टोली 

Tags :
प्रतिक्रिया दिनुहोस