नवनियुक्त मन्त्री गजेन्द्र हमालको राजीनामा स्वीकृत « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नवनियुक्त मन्त्री गजेन्द्र हमालको राजीनामा स्वीकृत


२४ आश्विन २०७८, आइतबार


काठमाडौँ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजीनामा दिएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले हमालको नियुक्तिका विषयमा प्रश्न उठेपछि राजीनामा गर्न अनुरोध गरेका थिए । प्रधानमन्त्रीको अनुरोध स्वीकार गर्दै हमालले आज (आइतबार) बिहान पदबाट राजीनामा दिएका हुन् ।

विभिन्न सञ्चारमाध्यममा आएका समाचार र कानुनविद्हरूले प्रश्न उठाएपछि पदबाट राजीनामा दिएको हमालले बताएका छन् ।

‘सम्माननीय प्रधानमन्त्रीज्यू, म लामो समयदेखि काँग्रेसको विभिन्न पदहरूमा सक्रिय रही बाँके जिल्लाको पार्टी सभापतिसमेत भएर काम गरेकाले पार्टीले सोहीअनुसार मूल्याङ्कन गरेर मन्त्री पदमा नियुक्ति गरेको मैले ठानेको छु,’ हमालले राजीनामा पत्रमा भनेका छन्, ‘हाल विभिन्न सञ्चारमाध्यमहरूमा सम्प्रेषित समाचार तथा कानुनविद्हरूले मेरो नियुक्तिलाई अन्यायपूर्वक अन्यत्र जोडी समाचार सम्प्रेषित गरेको र यस्ता समाचारले आफ्नो वर्षौँसम्म लोकतन्त्र, विधिको शासन तथा राज्यका निकायहरूबीच शक्ति पृथकीकरणको सिद्धान्तको लागि लडेको लडाइँको समेत अवमूल्यन भएको बोध भएको छ । तर पनि मेरो नियुक्तिको विषयलाई लिएर प्रश्न उठेबाट म पदभन्दा व्यवस्थाका लागि लडेको व्यक्ति भएकाले यस्तो आशङ्काकै बिच मन्त्री पदमा बसिरहन उपयुक्त नलागेकाले मन्त्री पदबाट राजीनामा दिएको छु ।’

सम्बन्धित समाचार : उद्योगमन्त्री गजेन्द्र हमालद्वारा राजीनामा दिने घोषणा

सम्बन्धित समाचार : उद्योगमन्त्री गजेन्द्र हमालले बुझाए राजीनामा पत्र

Tags :
प्रतिक्रिया दिनुहोस