२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्राविधिक गडबडी नदेखिएपछि बुद्ध एयरको जहाजले नियमित उडान थाल्यो

अ+ अ-

काठमाडौँ । प्राविधिक समस्या आएर हिजो (सोमबार) ग्राउण्डेड गराइएको बुद्ध एयरको ९ एन-एएनआइ कलसाइनको जहाजले नियमित उडान सुरु गरेको छ।

कम्पनीको यो जहाजमार्फत आज (मंगलबार) बिहानैदेखि नियमित उडान सुरु गरेको बुद्ध एयरले जानकारी दिएको छ।

नागरिक उड्डयन प्राधिकरण अन्तर्गत हवाई सुरक्षा विभाग र कम्पनीको प्राविधिक टोलीले विस्तृत निरीक्षण गरेर जहाजमा प्राविधिक गडबडी नरहेको कम्पनीका सूचना अधिकारी दिपेन्द्र कुमार कर्णले जानकारी दिए।

‘बुद्ध एयरको टेक्निकल टिमले जहाजको मिहिन परीक्षण तथा नागरिक उड्डयन प्राधिकरणको अनुमतिमा कल साइन ९ एन-एएनआई आजदेखि पुनः उडान सेवा थालेको छ।

उक्त जहाजलाई नागरिक उड्डयन प्राधिकरणको टोलीले पनि निरीक्षण गरेको थियो’, कर्णले भने, ‘जहाजमा कुनै प्राविधिक गडबडी नदेखिएपछि ७२ सिटे उक्त जहाजले आज बिहानैदेखि उडान सेवा सुरु गरेको छ।’

सम्बन्धित समाचार : बुद्ध एयरको जहाज विराटनगरमा अवतरण हुन सकेन

सम्बन्धित समाचार : बुद्ध एयरको जहाज त्रिभुवन विमानस्थलमा सफल अवतरण