प्राविधिक गडबडी नदेखिएपछि बुद्ध एयरको जहाजले नियमित उडान थाल्यो « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्राविधिक गडबडी नदेखिएपछि बुद्ध एयरको जहाजले नियमित उडान थाल्यो


१२ आश्विन २०७८, मंगलबार


काठमाडौँ । प्राविधिक समस्या आएर हिजो (सोमबार) ग्राउण्डेड गराइएको बुद्ध एयरको ९ एन-एएनआइ कलसाइनको जहाजले नियमित उडान सुरु गरेको छ।

कम्पनीको यो जहाजमार्फत आज (मंगलबार) बिहानैदेखि नियमित उडान सुरु गरेको बुद्ध एयरले जानकारी दिएको छ।

नागरिक उड्डयन प्राधिकरण अन्तर्गत हवाई सुरक्षा विभाग र कम्पनीको प्राविधिक टोलीले विस्तृत निरीक्षण गरेर जहाजमा प्राविधिक गडबडी नरहेको कम्पनीका सूचना अधिकारी दिपेन्द्र कुमार कर्णले जानकारी दिए।

‘बुद्ध एयरको टेक्निकल टिमले जहाजको मिहिन परीक्षण तथा नागरिक उड्डयन प्राधिकरणको अनुमतिमा कल साइन ९ एन-एएनआई आजदेखि पुनः उडान सेवा थालेको छ।

उक्त जहाजलाई नागरिक उड्डयन प्राधिकरणको टोलीले पनि निरीक्षण गरेको थियो’, कर्णले भने, ‘जहाजमा कुनै प्राविधिक गडबडी नदेखिएपछि ७२ सिटे उक्त जहाजले आज बिहानैदेखि उडान सेवा सुरु गरेको छ।’

सम्बन्धित समाचार : बुद्ध एयरको जहाज विराटनगरमा अवतरण हुन सकेन

सम्बन्धित समाचार : बुद्ध एयरको जहाज त्रिभुवन विमानस्थलमा सफल अवतरण

Tags :
प्रतिक्रिया दिनुहोस