बुद्ध एयरको जहाज विराटनगरमा अवतरण हुन सकेन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बुद्ध एयरको जहाज विराटनगरमा अवतरण हुन सकेन


११ आश्विन २०७८, सोमबार


काठमाडौँ । बुद्ध एयरको जहाजमा समस्या भएपछि विराटनगर विमानस्थलमा अवतरण गर्न नसकी काठमाडौँ फर्किएको छ ।

ल्यान्डिङ गियरमा समस्या भएपछि अवतरण हुन नसक्दा जहाज काठमाडौँतर्फ फर्किएको हो । अहिले जहाज आकाशमै छ ।

काठमाडौँ सुविधा सम्पन्न विमानस्थल भएका कारण आकस्मिक अवतरण काठमाडौँमै गर्ने गरी जहाज फर्किएको हो ।

जहाज काठमाडौँबाट आज (सोमबार) बिहान विराटनगर उडेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस