उपसचिव बढुवाका लागि तीन जनाको नाम सिफारिस « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

उपसचिव बढुवाका लागि तीन जनाको नाम सिफारिस


३१ असार २०७८, बिहिबार


काठमाडौँ । परराष्ट्र सेवातर्फ उपसचिव बढुवाका लागि तीन जनाको नाम सिफारिस भएको छ ।

बुधवार बसेको बढुवा समितिको बैठकबाट कार्यक्षमताको मूल्याङ्कनद्वारा हुने बढुवाका लागि तीन जनाको नाम सिफारिस गर्ने निर्णय भएको हो ।

बढुवाका लागि ललिता सिलवाल, मुदिता बज्राचार्य र सीता बस्नेतको नाम सिफारिसमा परेको छ ।

यसअघि मङ्गलवार इन्जिनियरिङ सेवा तर्फ ज्येष्ठता तथा कार्यसम्पादनको मूल्याङ्कनद्वारा हुने बढुवाका लागि उपसचिवका लागि चार जना र सहसचिव बढुवाका लागि एक जनाको नाम सिफारिस गरिएको थियो ।

सम्बन्धित समाचार : उपसचिव र सहसचिव बढुवाका लागि पाँच जनाको नाम सिफारिस

सरकारको संवैधानिक अङ्ग लोक सेवा आयोगमा पदाधिकारी नियुक्त भएसँगै कर्मचारीहरूको बढुवा निरन्तर भइरहेको छ । लोक सेवा आयोगलगायतका संवैधानिक निकायमा असार १० गते पदाधिकारी नियुक्त भएका हुन् ।

सम्बन्धित समाचार : लोक सेवा,अख्तियारलगायतका संवैधानिक निकायमा राष्ट्रपति भण्डारीद्धारा २० पदाधिकारी नियुक्त

Tags :
प्रतिक्रिया दिनुहोस