उपसचिव र सहसचिव बढुवाका लागि पाँच जनाको नाम सिफारिस « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

उपसचिव र सहसचिव बढुवाका लागि पाँच जनाको नाम सिफारिस


३० असार २०७८, बुधबार


काठमाडौँ । नेपाल इन्जिनियरिङ सेवातर्फ उपसचिव र सहसचिव बढुवाका लागि पाँच जनाको नाम सिफारिस भएको छ ।

मङ्गलवार बसेको बढुवा समितिको बैठकले ज्येष्ठता तथा कार्यसम्पादनको मूल्याङ्कनद्वारा हुने बढुवाका लागि चार जनाको नाम सहसचिव र एक जना उपसचिवमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

सहसचिवमा हरिनारायण यादव, रुक्मांगत खनाल, प्रचण्डदेव विष्ट र केदार कुमार श्रेष्ठको नाम सिफारिस गरिएको छ भने उपसचिवका लागि शालिग्राम भण्डारीको नाम सिफारिस भएको छ ।

सम्बन्धित समाचार : प्राविधिक तर्फ सचिवका लागि तीन सहसचिवको नाम सिफारिस

 

Tags :
प्रतिक्रिया दिनुहोस