फ्लोर क्रस गर्ने कर्णाली प्रदेशसभाका तीन सदस्य एमालेबाट निष्कासित « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

फ्लोर क्रस गर्ने कर्णाली प्रदेशसभाका तीन सदस्य एमालेबाट निष्कासित


४ बैशाख २०७८, शनिबार


सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश कमिटीले फ्लोर क्रस गर्ने तीन जनालाई कारबाही गरेको छ ।

नेकपा माओवादी केन्द्रका नेता एवं मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई विश्वासको मत दिने माधवकुमार नेपाल र झलनाथ खनाल खेमाका नन्दसिंह बुढा, अम्मर बहादुर थापा र कुर्मराज शाहीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको हो।

शनिबार बसेको प्रदेश कमिटी बैठकले पार्टीको ह्वीप उल्लंघन गरी जघन्य अपराधपूर्ण काम गरेको ठहरसहित उनीहरूलाई निष्कासित गरेको अध्यक्ष गोरख बोगटीले बताए।

चारै जनालाई सांसदबाट कारबाही गर्न भने हिजै केन्द्रीय कमिटीमा सिफारिस गरिएको थियो । अर्का सांसद प्रकाश ज्वालालाई पनि निश्कासन गर्न केन्द्रलाई पत्र पठाउने वैठकले निर्णय गरेको छ ।

ज्वालासहित चार सांसदले पार्टीको ह्वीप विपरित मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए ।

सम्बन्धित समाचार : फ्लोर क्रस गर्ने चार सांसदहरूमाथि कारबाही गर्न एमाले कर्णाली संसदीय दलको बैठक बस्दै

सम्बन्धित समाचार : एमाले सांसदले फ्लोर क्रस गर्दा जोगियो कर्णालीका मुख्यमन्त्री शाहीको पद

Tags :
प्रतिक्रिया दिनुहोस