फ्लोर क्रस गर्ने चार सांसदहरूमाथि कारबाही गर्न एमाले कर्णाली संसदीय दलको बैठक बस्दै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

फ्लोर क्रस गर्ने चार सांसदहरूमाथि कारबाही गर्न एमाले कर्णाली संसदीय दलको बैठक बस्दै


३ बैशाख २०७८, शुक्रबार


काठमाडौँ । कर्णाली प्रदेश सरकारमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गर्ने नेकपा एमाले (नेपाल-खनाल पक्ष) का चार जना सांसदहरूलाई कारबाही गर्न नेकपा प्रदेश कमिटीको संसदीय दलको बैठक बस्दै छ ।

अन्तिम समयमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले साथ दिने निर्णय गरेपछि शाहीले विश्वासको मत लिने निर्णय गरेका थिए । जसमा शाहीको पक्षमा २२ जना र विपक्षमा १७ जनाले हस्ताक्षर गरेका छन्।

शुक्रवार संसद्मा उपस्थित ३७ जना सांसदमध्ये माओवादीका १२, नेपाली काँग्रेसका ६ जना र नेकपा एमालेका माधवकुमार नेपाल–झलनाथ खनाल पक्षका नन्दसिंह बुढा, प्रकाश ज्वाला, कूर्मराज शाही र अमर थापाले पनि शाहीको पक्षमा हस्ताक्षर गरे ।

नेकपा एमालेका तीन जना मन्त्रीले राजीनामा दिएपछि शाही आफैले प्रदेश संसदबाट विश्वासको मत लिने निर्णय गरेका थिए।

सम्बन्धित समाचार : एमाले सांसदले फ्लोर क्रस गर्दा जोगियो कर्णालीका मुख्यमन्त्री शाहीको पद

Tags :
प्रतिक्रिया दिनुहोस