महिलामाथि निर्घात कुटपिट गर्ने महिला प्रहरी निलम्बित « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

महिलामाथि निर्घात कुटपिट गर्ने महिला प्रहरी निलम्बित


२५ असार २०७७, बिहिबार


काठमाठौं । महिलामाथि निर्घात कुटपिट गर्ने रुकुमपश्चिमको आठबिसकोट नगरपालिकाकी महिला नगर प्रहरी निलम्बित भएकी छन् । सोही नगरपालिकाकी–९ की २१ वर्षीया नेहा विष्टमाथि निर्घात कुटपिट गर्ने महिला प्रहरी निर्मला विकलाई आठबिसकोट नगरपालिकाले आज एक विज्ञप्ति जारी गर्दै निलम्बित गरेको जानकारी दिएको छ ।

जेठ १ गते बिहीबारका दिन दिउँसो तीन–चार बजेको समयमा मदिरा सेवन गरी कोरोना भाइरस हेल्प डेस्कमा खटिएका स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार गर्दै सुरक्षाकर्मीहरुमाथि अपशब्द प्रयोग गरेपछि नियन्त्रणमा लिने क्रममा प्रहरीसँग महिला जनशक्ति नभएपछि नगरपालिकाबाट नगर प्रहरी बोलाइएको थियो ।

सम्बन्धित समाचार : महिला कुट्ने नगर महिला प्रहरीलाई कारबाही गरिने

नियन्त्रणमा लिने क्रममा असामान्य अवस्थाको सिर्जना भई नगर महिला प्रहरीबाट नियन्त्रणमा लिने क्रममा गलत कार्य भएको नगरपालिकाले स्वीकार गरेको थियो ।

भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि नगरपालिकाले प्रशासकीय अधिकृत मानबहादुर बुढाथोकीको संयोजकत्वमा तीन सदस्य छानबिन समिति गठन गरेको थियो।

सम्बन्धित समाचार : प्रहरीद्वारा निर्घात कुटिएकी महिलाको भिडियो भाइरल, कुटपिटमा संलग्न प्रहरी कारबाहीमा

उक्त समितिले नगर प्रहरी विकलाई दोषी ठहर गर्दै निलम्बन गर्नुको साथै आवश्यक कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउन आग्रह गरेको छ।

भिडिओ सार्वजनिक भएपछि त्यसबारे छानबिन गर्न बुधबार नै प्रहरी निरीक्षक कविराज रोकाको नेतृत्वमा ४ सदस्य छानबिन समिति गठन गरिएको छ। उक्त समितिलाई ५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस