उपसचिवलाई समायोजन गर्ने निर्णय « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

उपसचिवलाई समायोजन गर्ने निर्णय


प्रशासन विशेष ब्युरो

२३ माघ २०७५, बुधबार


समायोजन

काठमाडौँ । प्रशासन सेवाका उपसचिवहरूको समायोजन दिने निर्णय भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेश थपलियाले उपसचिवलाई समायोजन भएको पत्र थमाउने निर्णयमा हस्ताक्षर गरेका हुन् ।

प्रशासन सेवाका ८ सय ४८ जना उपसचिवहरूलाई समायोजन गर्ने निर्णय भएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्त्ता सुरेश अधिकारीले प्रशासनलाई जानकारी दिए ।

‘आज निर्णय भएको छ,’ अधिकारीले भने, ‘पत्र प्रिन्ट गर्ने व्यवस्था भोलिदेखि हुन्छ ।’

आइतबारदेखि नै अनलाइनमार्फत आफ्नो समायोजन पत्र आफैले प्रिन्ट गर्न सक्ने मन्त्रालयले जनाएपनि प्राविधिक कारण जनाउँदै मङ्गलवारसम्मका लागि पछाडि धकेलिएको थियो ।

फागुन ३ गतेभित्र संघ, प्रदेश र स्थानीय तहमा रहेका सबै दरबन्दीमा कर्मचारी खटाइसक्ने मन्त्रालयले जनाउँदै आएको छ ।

र यो पनि,

उपसचिवलाई सरकारको सुविधा : आफ्नो समायोजन पत्र आफैले प्रिन्ट गर्ने !

उपसचिवले आज समायोजन पत्र पाउने

दिनभरि कुर्दा पनि उपसचिवले प्रिन्ट गर्न पाएनन् समायोजन पत्र !

किन रोकियो उपसचिवको समायोजन पत्र ? यस्तो छ कारण

सामान्यलाई समायोजन सकस : राजश्वका १४ उपसचिव बने टाउको दुखाई !

 

Tags :
प्रतिक्रिया दिनुहोस