मुलुकी संहिता संशोधनसम्बन्धी विधेयकमाथि छलफल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मुलुकी संहिता संशोधनसम्बन्धी विधेयकमाथि छलफल


प्रशासन संवाददाता

८ चैत्र २०७५, शुक्रबार


काठमाडौं । प्रतिनिधिसभाको ‘कानून, न्याय तथा मानव अधिकार समिति’ले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल कानूनलाई संशोधन गर्न बनेको विधेयक, २०७५’ माथि आवश्यक छलफल गरी संसद् बैठकमा पठाउने निर्णय गरेको छ ।

समितिको आज बसेको बैठकले उक्त विधेयकमाथि परेका संशोधनका सम्बन्धमा छलफल गरे पनि राष्ट्रियसभाबाट पारित विधेयकलाई जस्ताको त्यस्तै पारित गर्ने निर्णय गरेको छ ।

समिति सभापति कृष्णभक्त पोख्रेलले विधेयकसम्बन्धी प्रतिवेदन प्रतिनिधिसभामा पठाउने निर्णय भएको बताए ।

साथै सो विधेयकमा परेका संशोधनका सम्बन्धमा समितिको आगामी बैठकबाट सरकारलाई केही निर्देशन दिने उनले जानकारी दिए ।

बैठकका संशोधनकर्ता सांसदहरु शेरबहादुर तामाङ, यशोदा गुरुङ, प्रेम सुवाललगायतले आफ्ना संशोधन प्रस्तावका सम्बन्धमा स्पष्ट पारेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस