साफ महिला फुटबलको सेमिफाइनलमा नेपाल र श्रीलंका भिड्दै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

साफ महिला फुटबलको सेमिफाइनलमा नेपाल र श्रीलंका भिड्दै


६ चैत्र २०७५, बुधबार


काठमाडौं । साफ महिला फुटबलको सेमिफाइनलमा आज नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा हुने भएको छ ।

विराटनगरको शहिद रंगशालामा विहान ११ बजे हुने खेलमा नेपाल र श्रीलंका भिड्ने भएका हुन् । नेपालले जित हात पार्दै फाइनलमा पुग्ले लक्ष्यमा राखेको छ । नेपाल उपाधिको दाबेदार रहेको छ ।

उदघाटन खेलमा भुटानमाथि ३–० को जीत निकालेको नेपालले दोस्रो खेलमा बंगलादेशलाई पनि ३–० गोलले नै पराजित गर्दै समूह विजेता बनेको थियो ।

श्रीलंकाले भने आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई २–० गोलअन्तरले पराजित गरेपनि समूह चरणको अन्तिम खेलमा भारतसँग ५–० गोलअन्तरले पराजित भएको थियो ।

सेमिफाइनलको अर्को खेल आजै भारत र बंगलादेशबीच दिउँसो तीन बजे हुँदैछ ।

Tags :
प्रतिक्रिया दिनुहोस