बर्ड फ्लू रोग नियन्त्रणमा सहयोग गर्न आग्रह « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बर्ड फ्लू रोग नियन्त्रणमा सहयोग गर्न आग्रह


५ चैत्र २०७५, मंगलबार


काठमाण्डौ । नेपाल पाराभेटेरीनरी एण्ड लाईभष्टक एसोसिएशनले वर्ड फ्लू रोग नियन्त्रणका लागिसहयोगका लागि आग्रह गरको छ ।

हाल काठमाण्डौ, पोखरा, हेटौडा लगायतको स्थानहरुमा वर्ड फ्लू रोग देखा परेको र रोग नियन्त्रणका कार्यमा सहयोग गर्ने सरोकारवाला पक्षसँग सहयोग गर्न आग्रह गरेको हो ।

एसोसिएशनका अध्यक्ष रामप्रसाद मेहताले विज्ञप्ती जारी गर्दै कृषिको एकमात्र आत्मनिर्भर क्षेत्र कुखुरा व्यासायमा ८५ अर्व भन्दा बढि लगानी रहेको र एक लाख भन्दा बढि व्यक्तिलाई प्रत्यक्ष रोजगारी दिइरहेको कुखुराबाट एक अर्व ४७ करोड अण्डा र तीन लाख ४७ हजार मेट्रिक टन मासु उत्पादनमा बार्षिक रुपमा योग्दान दिईरहेकोले कुखुरा व्यवसायलाई सुरक्षित र भयमुक्त बनाउन जरुरी रहेको उल्लेख गरिएको छ ।

विभिन्न समयमा देखा पर्ने गरेको बर्ड फ्लू रोगको कारणले कुखुरा व्यासायीलाई उच्च जोखिम र त्रासको बतावरण बनाउदै आएको अवस्थामा रोग भित्रिन नदिनका लागी अपनाउनु पर्ने विषयहरुमा ध्यान दिनुका साथै रोगको शंका लागेमा तुरुन्त सम्वन्धीत निकायमा जनकारी गराउन सम्वन्धीत सबैपक्ष ँंग आग्रह गरेको मेहताले बताए ।

हालको अवस्थामा रोग फैलिन नदिनका लागी रोग फैलिएको क्षेत्र र आसपासको क्षेत्र वाट पन्छी तथा पन्छी जन्य पदार्थहरुको ओसार पोसार नगर्नका साथै रोग नियन्त्रण कार्यमा सहयोगका एसोसिएशनमा आबद्ध सदस्यहरुलाई रोग नियन्त्रण लगायतको कार्यमा आवश्यक सहयोगका लागी परिचालन हुन समेत अनुरोध गरेको छ ।

साथै सरकारी पक्षवाट रोग नियन्त्रण लगायतको कार्यहरु अविलम्व कडाईका साथ संचालन गर्न हुनका साथै यस रोगबाट भईरहेको क्षतिको विवरण एकिन गरि प्रभावित कृषकहरु लाई उचित क्षतिपुर्ति र आवश्यक सहयोगको लागी समेत सरकारी पक्षसँग आग्रह गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस