काठमाडौं । धनुषामा एक बालिको बलात्कार पछि हत्या गरिएको छ । मिथिला–३ हरीहरपुरमा ११ वर्षीया बालिका रेश्मा भन्ने दुतिया रसाईलीको बलात्कार पछि हत्या गरिएको हो ।
प्रहरीका अनुसार राति विहेको भोजमा गएकी बालिकाको विहान उखुबारीमा शव फेला परेको छ । विवाहको घरबाट बालिकालाई ललाई फकाई उखुबारीमा लगेर जबरजस्तीकरणी गरेर उनको हत्या गरेको खुल्न आएको छ । हत्या पश्चात बालिकाको शव जलाएको अवस्थामा फेला परेको छ ।
बलात्कारमा संलग्न धनुषा बटेश्वर–४ का २२ वर्षीय निरज जर्गा मगर पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरीले उनलाई जबरजस्ती करणी गरी कर्तव्य ज्यान मुद्धमा म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।