समायोजनको सूची कहाँ गयो ? « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

समायोजनको सूची कहाँ गयो ?


प्रशासन विशेष ब्युरो

६ फाल्गुन २०७५, सोमबार


समायोजन

काठमाडौँ । आइतबार राति नै सार्वजनिक हुने भनिएको प्रशासन सेवाका अधिकृतलगायत १२ हजार बढी कर्मचारीको सूची आज(सोमबार) बिहानसम्म वेवसाइटमा राखिएको छैन ।

उच्च अधिकारीले प्रशासन डटकमलाई राति नै सार्वजनिक हुने बताएको सेवा समुह र श्रेणीको सूची बिहानसम्म पनि मन्त्रालयको आधिकारीक वेवसाइटमा नभेटाएपछि यसबारे खोजि गरेको छ ।

सम्बन्धित समाचार : २८९० प्रशासनका शाखा अधिकृतसहित १२ हजार २७ कर्मचारीको समायोजन(सूचीसहित)

हामीले मन्त्री लालबाबु पण्डितलाई सोधेका थियौँ, हिजो राति नै सार्वजनिक हुने भनिएको सूची विहानसम्म देखिएन त मन्त्रीज्यू भन्ने प्रश्नमा उनले भने–‘हिजै राखि सक्नु पर्ने हो, आइसक्यो होला, एक पटक वेवसाइटमा हेनुहोस् त ?’

यही बिचमा फेरी वेवसाईड जाँच गर्यौँ तर सूची नभेटिएपछि यही प्रश्न सचिव दिनेश कुमार थपलियालाई सोध्यौँ–यहाँले त हिजै राति भइसक्यो भन्नुभएको थियो तर बिहानसम्म पनि देखिएन त, के भएको हो भन्ने प्रश्नमा सचिव थपलियाले भने–‘हिजै राति १० बजे सकेर घर आएको हुँ ।’

एक पटक वेवसाईट हेर्नुहोस् त आई सक्नु पर्ने हो, मन्त्रिकै कुरा दोहोर्याउँदै सचिव थपलियाले भने, ‘एकैछिनमा भईहाल्छ भनेपछि म घर हिँडेको हुँ ।’

मन्त्री सचिवले नै आइसक्यो भन्ने तर वेवसाईट नै नभेटिएपछि हामीले समायोजन महाशाखा प्रमुख केदार पनेरुसँग बुझ्ने प्रयास गरेका थियौँ तर उहाँले फोन उठेन ।

यसैबिच हिजै साँझ हिजो राति ७ बजेर ४३ मिनेट जाँदा अधिकृत(८ तह समेत)को कर्मचारीको नामावली संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वेवसाईमा अपलोड भएको स्न्यापिङ प्रशासन डटकमले प्राप्त गरेको छ । अपलोड भएको केही समय पछि नै उक्त लिष्ट साइटबाट हटाइएको छ ।

हेर्नुहोस्

फलामको चिउरा झै बनेको कर्मचारी समायोजन प्रक्रियाले समायोजन गरी सक्ने घोषित मिति नाघि सकेको छ ।

करीब एक लाखको संख्यामा रहेका कर्मचारीमध्ये जम्मा ५७ सचिव, ६ सय ७६ सहसचिव र नेपाल प्रशासन सेवारसामान्य प्रशासन समूहका ८ सय ४८ जना उपसचिवको समायोजन भएको घोषणा गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस