कांग्रेस सांसदद्वारा फेरि संसदीय समिति बहिस्कार « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

कांग्रेस सांसदद्वारा फेरि संसदीय समिति बहिस्कार


५ फाल्गुन २०७५, आइतबार


काठमाडौं । नेपाली कांग्रेसले फेरि आजको संसदीय सुनुवाई समितिको बैठक पनि बहिस्कार गरेको छ ।

कांग्रेस सांसदहरुले संवैधानिक आयोगमा सिफारिस पदाधिकारीको सुनुवाइको विषयमा छलफल गर्न बसेको बैठक बहिस्कार गरेका हुन् ।

कांग्रेसले संवैधानिक परिषदले प्रक्रिया नपुर्‍याई विभिन्न पाँच स‌ंवैधानिक आयोगका अध्यक्ष सिफारिस गरेको भन्दै यसअघि पनि संसदीय सुनुवाइ समितिको बैठक बहिस्कार गरेको थियो ।

कांग्रेसको बहिस्कारका बाबजुद आइतबार बसेको सुनुवाइ समितिको बैठकले प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा सिफारिस बालानन्द पौडेल र राष्ट्रिय समावेशी आयोगका अध्यक्षमा सिफारिस शान्तराज सुवेदीको फागुन ७ गते दिउँसो १२ बजे सुनुवाइ गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस