शहीद स्मारक फुटबल : पुल्चोक स्पोर्टस क्लब विजयी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

शहीद स्मारक फुटबल : पुल्चोक स्पोर्टस क्लब विजयी


२ फाल्गुन २०७५, बिहिबार


काठमाडौं । राजधानीमा जारी शहीद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा पुल्चोक स्पोर्टस क्लब विजयी भएको छ ।

सातदोबाटोस्थित एन्फा क्म्प्लेक्सको खेल मैदान भएको खेलमा पुल्चोकले मध्यपुर युथ एशोसिएशनलाई २/१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । पुल्चोकको जितमा रामकाजी कुमाल र टिकाराज गुरुङले एक एक गोल गरे । रामकाजीले खेलको सुरुआती नवौँ मिनेटमा पहिलो गोल गर्दै खाता खोले ।

त्यस्तै टिकाराजले खेलको पहिलो हाफको ३५औँ मिनेटमा एक गोल थप्दै आफ्नो टोलीको जित सुनिश्चित गरे । यता पराजित मध्यपुरको लागि प्रदीप लम्सालले खेलको दोस्रो हाफको ५२ औँ मिनेटमा एक सान्त्वना गोल फर्काएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस