मन्त्रीद्वारा कुटिएका सचिव अस्पताल भर्ना « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

मन्त्रीद्वारा कुटिएका सचिव अस्पताल भर्ना


प्रशासन विशेष ब्युरो

३० पुस २०७५, सोमबार


मन्त्रीद्वारा कुटिएका सचिव

जनकपुरधाम । प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले कुटेका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झा अस्पताल भर्ना भएका छन् ।

सचिव झा आइतबार राति नै जनकपुरस्थित केयर नर्सिङ होममा उपचारको लागि भर्ना भएका हुन् ।

सचिव झालाई आइतबार दिउँसो मन्त्री यादवले आफ्नै कार्यकक्षमा बोलाइ कुटपिट गरेका थिए । झाको मुख सुन्निनुका साथै दायाँ हातमासमेत चोट लागेको परिवार स्रोतले बताएको छ ।

आफूले भनेको एनजीओ कार्यक्रममा समावेश नभएपछि सचिव झालाई मन्त्री यादवले आफ्नो कार्यकक्षमै बोलाएर प्रदेश २ का सभामुख सरोज यादवकै सामुन्ने कुटपिट गरेका थिए ।

र यो पनि,

मन्त्रीद्वारा कुटिए सचिव

मन्त्रीले सचिव कुटेको विषयमा ३ सदस्यीय छानबिन समिति गठन

सचिव कुट्ने मन्त्रीलाई कारबाही गर्न वन मन्त्रालयका कर्मचारीको माग(विज्ञप्तिसहित)

‘प्रशासकीय अवरुद्धता हुने सक्ने’ आधिकारिक ट्रेड युनियनको चेतावनी

प्रतिक्रिया दिनुहोस